गुल्मी, २७ साउन – गुल्मीमा ६० वर्षीया वृद्धालाई बलात्कारपछि एक व्यक्तिले मारिदिएका छन् ।
ठूलोलुम्पेक गाविस १ घर भई अर्बेनी – २ मा अस्थायी बसोवास गर्दै आएका ४० वर्षीय देवबहादुर थापाले हर्मिचौर गाविस ३, तल्लोपोखरा निवासी देउरुपा सापकोटाको बलात्कार पछि हत्या गरेका हुन् ।
गत साउन २२मा हत्या गरी फरार भएका थापालाई स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको प्रहरी नायब निरीक्षक राजकुमार लम्सालले जानकारी दिए । थापाले सापकोटालाई कोदालोले हानेर मारेका थिए ।