प्रहरीद्वारा चरीका परिवारकाे जाहेरी लिन अस्वीकार

काठमाण्डु टुडे २०७१ साउन २७ गते ९:११ मा प्रकाशित

काठमाण्डु, २७ साउन– प्रहरीले गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ का परिवारले उनको हत्या भएको आरोपमा दिन खोजेको किटानी जाहेरी chari 2दर्ता गर्न अस्वीकार गरेको छ ।
महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दिन गएका उनका आफन्तलाई प्रहरीले फर्काइदिएको हो ।

चरीका दाजु ध्रुव अधिकारीले प्रहरीले किटानी जाहेरी लिन नमानेको काठमाण्डु टुडेलाई बताए । उनले हनुमानढाकाले महानगरीय प्रहरी आयुक्त कार्यालय जान भनेको र त्यहाँ जाँदा पनि जाहेरी लिन अस्वीकार गरिएको जानकारी दिए ।

प्रहरीले जाहेरी लिन नमानेकाले अब अदालत जाने उनले जानए । ‘प्रहरीले किटानी जाहेरी लिन मानेन’, अधिकारीले भने, ‘अब हामी न्यायका लागि सर्वोच्च अदालत जान्छौं ।’
उनले आफ्नो भाई दोहोरो भिडन्तमा मारिएको नभई पक्राउ गरेर हत्या गरिएको दाबी गरे । प्रहरीले भने पक्राउ गर्न खोज्दा प्रहरी टोलीमाथि गोली चलाएकाले जवाफी कारबाहीका क्रममा चरी मारिएको बताउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us