नुवाकोट, २६ साउन – बाख्रा गोठालो गएका चारघरेका एक बालक देवीघाट जलविद्युत् केन्द्रको नहरमा डुबेर बेपत्ता भएका छन् ।
चारघरे गाविस–५ गौरीबेसीका रामचन्द्र रिमालका नौ वर्षीय छोरा रविन हिजो साँझ नहरमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गौरीवेसी हुँदै लगिएको जलविद्युत् केन्द्रको नहर छेउको खुला चौरमा बाख्रा चराएर घर फर्कने क्रममा रविन चिप्लिएर नहरमा खसेका हुन् ।
नहरको पानी सुकाएर रविनको शव खोज्ने प्रयास भइरहेको छ । नहरको बाँधको ढोका बिग्रिएकाले समस्या भएको प्रहरीले जनाएको छ । रासस