‘चरी’ हत्यामा गृहमन्त्रीले जनतालाई भ्रममा पारे : भट्टराई

काठमाण्डु टुडे २०७१ साउन २६ गते ९:५४ मा प्रकाशित

काठमाण्डु, २६ साउन – नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले दिनेश अधिकारी ‘चरी’ मारिएको घटनामा गृहमन्त्री वामदेव गौतमले प्रहरीद्वारा तयार पारिएको प्रतिवेदन संसदमा पढेर चरी मारिएको घटनाबारे जनतालाई भ्रममा पारेको आरोप लगाए ।

Tikaram-Bhattarai-150x150प्रहरीले व्यक्तिगत रिसइवीका कारण चरीलार्इ मारिएको आरोप उनले लगाए । यो घटनाको जिम्मेवारी प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री गौतमले लिनुपर्ने बताएका छन् । उनले चरी हत्याकाण्डको छानविन गर्न न्यायिक जाँचबुझ एवं छानविन अायोग गठन गर्नुपर्ने बताए ।

रिपोर्टर्स क्लबले काठमाण्डुमा सोमवार गरेको कार्यक्रममा अधिवक्ता भट्टराईले भने –चरीको हत्या इन्काउन्टरबाट गरिएको होइन, यो गैरन्यायिक हत्या हो । यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ ।’ उपाध्यक्ष भट्टराईले गणतन्त्रमा नागरिकलाई नियन्त्रणमा लिएर हत्या गरेर मानवअधिकार हनन भएको टिप्पणी गरे । उनले भने–चरीलाई ज्यान मार्ने अभियोग लागेको थियो, त्यस्ता अभियोग लागेका व्यक्तिलाई मार्नुपर्ने कुनै कारण थिएन ।’

अधिवक्ता भट्टराईले गृहमन्त्री वामदेव गौतमले प्रहरीद्वारा तयार पारिएको प्रतिवेदन संसदमा पढेर चरी मारिएको घटनाबारे जनतालाई भ्रममा पारेको आरोपसमेत लगाए । प्रहरीले व्यक्तिगत रिसइवीका कारण चरीलार्इ मारिएको आरोपसमेत उनले लगाए ।

बार उपाध्यक्ष भट्टराईले गणतन्त्रणमा मान्छे मारिँदा पनि संसद चल्न दिनुले सभासदमा मानवीय समवेदना हराएको टिप्पणी गरे । गृहमन्त्रीले संसदलाई चरी प्रहरीको इन्काउन्टरमा मारिएको जवाफ दिए पनि उनको हत्या गैरन्यायिकरुपमै गरिएको उनले दाबी गरे । ‘यदि चरी इन्काउन्टरमै मारिएको भए गृहमन्त्रीलाई फूलमाला लगाइदिन हामी मानवअधिकारवादी तयार छौँ,’ उनले भने – ‘नत्र यो घटना न्यायिक जाँचवुझ ऐन ०५६ अनुसार तरुन्तै न्यायिक छानविन आयोग गठन गरेर छानविन गर्नुपर्छ ।’

चरीको हत्या प्रकरणबारे बोल्दै अनौपचारिक सेवा केन्द्र इन्सेकका अध्यक्ष सुवोध प्याकुरेलले चरी मारिएको घटनाको राष्ट्रिय मानवअधिकार अयोगले छानविन गर्नु पर्ने बताए ।

उनले भने – अहिलेसम्म मृतकको शव कसैलाई हेर्न दिइएको छैन, न त परिवारलाई हेर्न दिइएको छ, न मानवअिधकारकर्मी र सभासदहरुलाई नै हेर्न दिइएको छ । त्यसैले यो घटना संकास्पद छ ।’ प्याकुरेलले गैरकानुनी हत्या गर्न नेपाली सुरक्षाकर्मीहरु अगाडि रहेको भन्दै न्यायिक छानविन समिति गठन गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us