तालमा डुबेर बालिका बेपत्ता

काठमाण्डु टुडे २०७१ साउन २६ गते ४:०५ मा प्रकाशित

खलंगा, २६ साउन– रुकुमको स्यार्पु तालमा डुबेर एक बालिका बेपत्ता भएकी छन् ।
जिल्लाको बाफिकोट–७ खारखोलाकी १० वर्षीया युरिका विक तालमा डुबेर बेपत्ता भएकी हुन् ।

जनैपूर्णिका दिन आइतबार स्कुल बिदा भएपछि साथीहरुसँग पौडी खेल्न गएकी विक दिउँसो २ बजेतिर डुबेर बेपत्ता भएको पहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुममा अनुसार बेपत्ता बालिकाको खोजीकार्य जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us