यसरी गरिदैछ अभिनेता श्रेष्ठको शवयात्रा

काठमाण्डु टुडे २०७१ साउन २६ गते ६:२३ मा प्रकाशित

काठमाण्डु, २६ साउन–  भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको शवलाई आज काठमाण्डु ल्याईदैछ । श्रेष्ठको अन्त्येष्टिको सम्पूर्ण खर्च भने चलचित्र विकास बोर्डले ब्यहोर्ने भएको छ ।

shree-krishna-shrestha-223x300श्रेष्ठको पार्थिव शरीरको सम्मानका साथ अन्त्येष्टि गरिने र खर्च बोर्डले ब्यहोर्ने बोर्डका अध्यक्ष धर्मेन्द्र मर्वेताले जानकारी दिए ।

अभिनेता श्रेष्ठको पार्थिव शरीर आज नयाँदिल्लीबाट अपराह्न १ बजे स्वदेश ल्याई सिनामङ्गल, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार हुँदै कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान पुर्‍याइने जनाइएको छ ।

श्रद्धाञ्जलिका लागि श्रेष्ठको पार्थिव शरीर प्रज्ञा–प्रतिष्ठानमा दुई घन्टा राखेर साँझ साढे पाँच बजे अन्त्येष्टिका लागि कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हँुदै पशुपति आर्यघाट पुर्‍याइने बताइएको छ ।

श्रेष्ठको नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा शनिबार राती निधन भएको थियो । निमोनियाको सङ्क्रमण देखिएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

उनको बोन क्यान्सरका कारण किमोथेरापीका क्रममा मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us