तोङवा तान्दै अनुचित कार्यमा संलग्न किशोरकिशोरी पक्राउ

काठमाण्डु टुडे २०७१ साउन २६ गते ८:३० मा प्रकाशित

इलाम, श्रावण २६ – इलाम नगरपालिकास्थित बसपार्कमा मध्यरातमा बसभित्रै अनुचित क्रियाकलाप गर्दै गरेका सात  किशोरकिशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

tongbaबसपार्कमा पार्किङ गरी राखिएको एउटा बसभित्र तीन  किशोर र चार किशोरीलाई मध्यरातमा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनुपमशमशेर राणाले बताए ।

नियन्त्रणमा लिइएका किशोरीहरु १२ देखि १४ वर्ष उमेर समूहका छन् भने किशोरहरू भने १६ वर्षका बसमा खलासी काम गर्ने हुन् ।

बसमा तोङ्वा खाँदै उच्छृङ्खल गतिविधिमा संलग्न रहेका ती किशोरकिशोरीलाई प्रहरीको गस्ती टोलीले राति १२ बजे तोङ्वासहित पक्राउ गरेको हो । पक्राउ पर्ने किशोरमा लक्ष्मण तामाङ, सन्तोष तामाङ र अर्जुन आलेमगर रहेका छन् ।

कम उमेर समूहका किशोरकिशोरी रहेकाले उनीहरूविरूद्ध मुद्दा चलाएर थप अनुसन्धान अगाडि बढाउन नसकिएको प्रनाउ राणाले बताए ।

बसपार्क र धोवीधारा क्षेत्रमा किशोरकिशोरीको उच्छृङ्खल क्रियाकलापबारे यसअघि पनि इलाम नगरपालिका कार्यालयले जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्ने गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us