चट्याङ लागेर मृत्यु

काठमाण्डु टुडे २०७१ साउन २६ गते ४:०० मा प्रकाशित

अछाम, २६ साउन– अछामको बिन्नेवासनीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
बिन्नेवासनी-४ का ५५ वर्षीय नरबहादुर बोहराको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि बयालपाटा अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर अरु दुईजना सामान्य घाइते भएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us