काठमाण्डु, २६ साउन– संविधानसभाको संवैधानिक राजनीतिक तथा संवाद समितिमातहतको प्रारम्भिक वार्ता उपसमितिले आज तराईमा सशस्त्र संघर्षरत थप एक समूहसँग आज वार्ता गर्दैछ ।
समतिले आज जयप्रकाश यादव नेतृत्वको ‘भाइरस किलर’ सँग जनकपुरमा वार्ता गर्न लागेको हो । समितिले यसअघि आइबतार संजय गुप्ता नेतृत्वको संयुक्त जनतान्त्रिक तराई मुुक्ति मोर्चासँग वार्ता गरेको थियो ।
उपसमितिले संविधान निर्माणमा सुझाव लिने उद्देश्यले तराईका ९ वटा सशस्त्र समूहलाई वार्ताका लागि पत्राचार गरे पनि दुईवटा समूह मात्र सम्पर्कमा आएका छन् ।
तराईमा पहिलोपटक सशस्त्र समूह गठन गरेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले वार्ता अस्वीकार गरेका छन् ।