काठमाण्डु, २७ भदौ– प्रधानसेनापति गौरवशम्शेर जबरा सरकारी खर्चमा निजी भ्रमणमा निस्केका छन् । कंगो र दक्षिण सुडानमा शान्ति स्थापक मिसनको निरीक्षण भ्रणममा गएका प्रधानसेनापति जवरा केन्यामा भने व्यक्तिगत भ्रमणमा गएका हुन् । प्रधानसेनापति जवराले भ्रमणका क्रममा केन्याका उच्च सैन्य अधिकारीसँग औपचारिक भेटवार्ता गरेको सूचना...
काठमाण्डु, २७ भदौ– हृदयघात भएका एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको अवस्थालाई मध्यनजर गर्दै बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट नर्भिक अस्पतालमा सारेकाे चिकित्सकले बताएका छन् । बाेगटीकाे बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गएराति नै शल्यक्रिया गरिए पनि अझै होस आएको छैन । पारिवारिक स्रोतका अनुसार...
काठमाण्डु, २७ भदौ– संविधानसभा संवैधानिक राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधान नबनाउन आफूलाई दबाब आएको बताएका छन् । सभापति भट्टराईले बिहीबार संविधानसभा बैठकमा बोल्दै आफूमाथि संविधान नबनाउन मनोवैज्ञानिक दबाब आएको धारणा राखेका हुन् । ‘तपाईं किन संविधान बनाउन लागिरहनुभएको छ ?’ भट्टराईले आफूलाई...
काठमाण्डु, २६ भदौ– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशी मुलुकका डिभी र पीआरबाहक सरकारी कर्मचारीलाई कारबाही गर्नेसम्बन्धी विधेयक पारित गर्न राष्ट्रपति रामवरण यादवलाई गुहारेका छन् । मन्त्री पण्डितले बिहीबार राष्ट्रपतिलाई शीतल निवासमा भेटेर संसदमा विचाराधीन विधेयक पारित गराउन सरकार तथा दलहरुको ध्यानाकर्षण गराउन आग्रह गरेका...
काठमाण्डु, २६ भदौ– नेपाल पत्रकार महासंघले दसैंलगायत चाड पर्व नजिकिएको भन्दै पत्रकारलाई तलब दिन सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ । महासंघको बिहीबार राजधानीमा बसेको केन्द्रीय समितिका पदाधिकारी र उपलब्ध सदस्यहरुको बैठकले पत्रकारलाई तत्काल दिन बाँकी तलब उपलब्ध गराउन आग्रह गरेको हो । बैठकले बडादशैं,...
काठमाण्डु, २६ भदौ– संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानभामा समितिको प्रतिवेदन पेस गरेका छन् । संविधानसभाको बिहीबारको बैठकमा उनले सहमति र असहमतिका विषय समेटिएको प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन पेस गर्दै भट्टराईले संविधानका आधारभूत अन्तरवस्तुमा प्रमुख दलहरुबीच सहमति हुनुपर्नेमा...
काठमाण्डु, २६ भदौ– गत शुक्रबार सिंहदरबारमा बसेको प्रमुख तीन दल बैठकमा काँग्रेस उपसभापति रामचन्द्र पौडेलले अश्लील हर्कत देखाएको समाचारपछि काँग्रेसवृतमा तरंग उत्पन्न भयो । अझ बुधबार प्रकाशित जनआस्थाको समाचारपछि त पौडेलेको चर्चा पार्टी नेता र कार्यकर्तामाझ मात्र होइन, आमजनताको तहमा पनि पुग्यो । भित्री...
काठमाण्डु, २६ भदौ– एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको १ नम्बर गेटबाट छिर्न नेपाली सेनाले रोकेको छ । काँग्रेस, एमाले, एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका शीर्ष नेताको बैठक बीचैमा छाडेर हिंडेका ओली सवार गाडी सेनाले रोकेको हो । बालुवाटारको...
महोत्तरी, २६ भदौ– महोत्तरीमा पतिसँगको झगडाका कारण एक महिलाले आफ्नै शरीरमा मट्टीतेल छर्किएर आगो लगाएकी छन् । जिल्लाको सहसौला गाविस–६ का जयकिशोर महराकी २३ वर्षीया पत्नी सुशीलादेवीले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको आधा शरीर जलेको छ ।...
मुगु, २६ भदौ– मुगुको ह्यागुल गाविस–९ की एक युवतीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको खबर सुनेर एक शिक्षकलाई हृदयघात भएको छ । २८ वर्षीया बाटु रावलको घाँस काट्ने रुखबाट लडेर मृत्यु भएको खबरले स्थानीय शिक्षक भीष्मबहादुर कार्कीलाई हृदयघात भएको थियो । उनको नेपालगञ्जमा...
काठमाण्डु, २६ भदौ– प्रहरीले दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेड पाण्डा (हाब्रे) को छालासहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युुरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाण्डु गोंगबु बस्ने ताप्लेजुङ ढुंगेसाँघु–५ का ३० वर्षीय शुन्य सुब्बा भन्ने सञ्जय...
काठमाण्डु, २६ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई माघ ८ गतेभित्रै संविधान दिन प्रक्रियामा जानुको विकल्प नरहेको बताएका छन् । रिपोर्टर्स क्लबले बिहीबार गरेको साक्षात्कारमा अध्यक्ष थापाले सहमतिका नाममा कार्यतालिका परिमार्जन गरिए पूर्वनिर्धारित समयमा संविधान नआउने ठोकुवा गरे । दलहरुबीच बन्द्य कोठामा हुने...