अश्लील हर्कत सम्झिएर कसरी तर्सिए रामचन्द्र विद्यासँग ?

काठमाण्डु टुडे २०७१ भदौ २६ गते १२:३० मा प्रकाशित

काठमाण्डु, २६ भदौ–  गत शुक्रबार सिंहदरबारमा बसेको प्रमुख तीन दल बैठकमा काँग्रेस उपसभापति रामचन्द्र पौडेलले अश्लील हर्कत देखाएको 4 patri meetingसमाचारपछि काँग्रेसवृतमा तरंग उत्पन्न भयो ।
अझ बुधबार प्रकाशित जनआस्थाको समाचारपछि त पौडेलेको चर्चा पार्टी नेता र कार्यकर्तामाझ मात्र होइन, आमजनताको तहमा पनि पुग्यो ।

भित्री कोठमा सीमित नेताहरुबीच भएको हाउभाउसमेत जस्ताको त्यस्तै समाचार बनेर आएपछि प्रमुख पार्टीका बैठकमा धेरै नेता सतर्क बन्न थालेका छन् । समाचार मर्माहत भएका उपसभापति पौडेल त झनै सर्तक बनेको बिहीबार बालुवाटारमा बसेको प्रमुख चार दलको वैठकमा देखियो । यसअघि सिंहदरबारमा भएको तीन दल बैठकमा विद्या भण्डारीको नजिकै बसेका पौडेल बिहीबारको बालुवाटार बैठकमा भने विद्यासँग निकै टाढा बसे ।

तीन दल बैठकमा अश्लील हर्कत देखाएको समाचार आएपछि पौडेलमाथि सबै नेताको नजर परेको चार दल बैठकमा सहभागी एक नेताले बताए ।

पहिलो वैठकमा आफ्नो तर्फबाट भएको अश्लील हर्कतका कारण बिहीबारको बैठकमा पौडेलले विद्यासँग आँखा जुधाएर समेत कुरा गर्न नसकेको स्रोत बताउँछ । तीन दलको सिंहदरबार बैठकमा पौडेल र विद्याकाबीचमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड थिए भने चार दलको बिहीबारको वैठकमा विद्या र पौडेल वारिपारिको सोफामा बसेका छन् ।

(हेर्नुहोस तस्वीर)  बिहीबारको बैठकमा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको बीचमा पौडेल बसेका छन् । उता विद्या भने केपी ओली र भीम रावलको बीचमा बसेका छन् ।

आखिर सिंहदरबारमा भएको तीन दल बैठककमा भएको के थियो ?

जनआस्था साप्ताकिहमा छापिएको समाचार यस्तो छ- संविधानसभाका अन्तरवस्तुबारे छलफल गर्न जुट्दा एउटा पार्टीका शीर्षस्थ नेताले अश्लील हर्कत देखाएपछि नेपालका ताहरुको असली औकात छर्लंग भएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा भएको घटना हो यो । खै ? प्राज्ञ र विज्ञहरुसँग पर्याप्त छलफल भएको खै ? तिनको सुझाव बटुलेको ? कसैले यस्तो कुरा कोट्याउन नपाउँदै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बसेकै सिटबाट बुद्धिजिवीमाथि आक्रामण टिप्पणी गरेका हुन् ।

को छ यहाँ बुद्धिजवी ? ई त्यस्ता बुद्धिजिवी ।’ त्यसो भन्दा दुवै हात आफ्नो गोप्य अंगतिर लगेका थिए । नजिकै रहेकी एमाले उपाध्यक्ष विद्या भण्डारीले अप्ठ्यारो मान्दै भनिन्, ‘आजका मितिसम्म तपाईंबारे मेरो धारणा बेग्लै थियो । प्रधानमन्त्रीको चुनावमा १७ चोटिसम्म हारेकाले अवसर दिउँ न त एकचोटि भन्ने लागेको थियो । आजबाट सारा भ्रम टुट्यो ।’ रामचन्द्रले लाजै नमानी जवाफ फर्काए, ‘अब के गर्नु त मैले रु भ्रम टुटे टुटोस् मैले त किशुनजी ९कृष्णप्रसाद भट्टराई० ले एकताका भनेको कुरा यहाँ राखिदिएको मात्र हुँ ।’

सोही क्रममा एमालेका अर्का एक नेताले भदौ २१ गतेको क्यालेण्डर मिलाउन बाबुराम भट्टराई नेतृत्वको समितिको सक्रियतालाई ‘जब भयो राति तब बूढी ताती’ को संज्ञा दिएपछि छेऊमा बसेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको टिप्पणी थियो, ‘यी बूढाहरु किन मात्तिएका होलान् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us