पत्रकारलाई दसैंमा तलब दिन महासंघको आग्रह

काठमाण्डु टुडे २०७१ भदौ २६ गते १२:५० मा प्रकाशित

काठमाण्डु, २६ भदौ– नेपाल पत्रकार महासंघले दसैंलगायत चाड पर्व नजिकिएको भन्दै पत्रकारलाई तलब दिन सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको fnj logoछ ।
महासंघको बिहीबार राजधानीमा बसेको केन्द्रीय समितिका पदाधिकारी र उपलब्ध सदस्यहरुको बैठकले पत्रकारलाई तत्काल दिन बाँकी तलब उपलब्ध गराउन आग्रह गरेको हो ।

बैठकले बडादशैं, वकर इद, तिहार, छठलगायत नेपालीहरूका विभिन्न चाड पर्व नजिक आइरहेको सन्दर्भलाई समेत दृष्टिगत गरी पत्रकार, कर्मचारीहरूको बक्यौता पारिश्रमिक रकम तत्काल भुक्तानी गरिसक्न आह्वान गरेको छ’, सचिव प्रभात चलाउनेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खास गरी निजी क्षेत्रका अधिकांश टिभी च्यानलहरुले लामो समयदेखि पत्रकार तथा कर्मचारीलाई तलब दिएका छैनन् । टेलिभिजनहरुले ५ देखि १ वर्षसम्मको तलब पत्रकारलाई दिएका छैनन् ।
यस्तै बैठकले कतिपय सरकारी सञ्चारमाध्यममा राजनीतिक आस्थाका आधारमा पत्रकारहरुलाई निष्कासन गर्ने, नवीकरण नगर्ने र अन्य खालका विभेद गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएको छ ।

काम गरिरहेका पत्रकारहरुलाई आफ्नो जिम्मेवारी यथारुपमा पूरा गर्ने वातावरण बनाइदिन सम्बन्धित सञ्चार प्रतिष्ठान व्यवस्थापनलाई महासंघले आग्रह गरेको छ ।
महासंघले अदालतको अवहेलनासम्बन्धी विधेयकमाथि जनताको रायका लागि सार्वजनिक छलफलमा लगिएकामा स्वागत गर्दै त्यसका निम्ति हाल तोकिएको समयावधि कम भएकाले छलफललाई औपचारिकतामा सीमित नराखी पर्याप्त बहस हुने गरी समय छुट्याउनसमेत माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us