महोत्तरी, २६ भदौ– महोत्तरीमा पतिसँगको झगडाका कारण एक महिलाले आफ्नै शरीरमा मट्टीतेल छर्किएर आगो लगाएकी छन् ।
जिल्लाको सहसौला गाविस–६ का जयकिशोर महराकी २३ वर्षीया पत्नी सुशीलादेवीले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको आधा शरीर जलेको छ ।
पतिसँगको झगडाका कारण सुशीलाले मट्टीतेल छर्केर आत्महत्या प्रयास गरेको हुन सक्ने अनुमान प्रहरीको छ । घरका सबै जना सुतेपछि बुधबार राति सुशीलाले शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी थिइन् ।
सुशीलाको गम्भीर अवस्थामा अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।