समाचार

८१ प्रतिशत हिन्दू भएको मुलुकमा धर्मनिरपेक्षता अस्वीकार्य : पशुपतिशमशेर

२०७१ कार्तिक ४ गते ८:२३

काठमाण्डु, ४ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपतिशमशेर जबराले नयाँ संविधानमा धर्मनिरपेक्षता राख्ने वा नराख्ने बारे जनमतसंग्रह गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष जबराले आफ्नो पार्टीले संविधानसभाको पहिलो बैठकमा नै धर्मनिरपेक्षतावारे विरोध जनाएको बताउँदै यो जबरजस्ती माथिबाट...

नेपालको आर्थिक स्वतन्त्रता विश्वकै कम

२०७१ कार्तिक ४ गते ८:१०

काठमाण्डु, ४ कात्तिक – आर्थिक स्वतन्त्रतामा नेपालको अवस्था विश्वका सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशहरुमध्येमा परेको छ । क्यानडास्थित फ्रेजर इन्स्ट्यिूटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा १५२ देशहरुमध्ये १२६ देशमा परेको छ । जबकी अघिल्लो वर्ष नेपाल १२४ स्थानमा रहेको थियो । नेपालले...

गोल गरेको खुसीयाली मनाउँदा ढाड भाँचिएर खेलाडीको मृत्यु

२०७१ कार्तिक ४ गते ७:४७

काठमाण्डु, ४ कात्तिक – विपक्षीलाई गोल फर्काएको खुसीयालीमा जिम्नास्टिङ गर्दा एक भारतीय फुटबल खेलाडी पीटर वियाक सैगजुआलाको मृत्यु भएको छ । बेथलेहम बेंग्थलेंग एफसीको तर्फबाट चानमारी बेस्ट एफसी विरुद्ध बराबरी गोल फर्काएलगत्तै २३ बर्षीय खेलाडी पीटरको मृत्यु भएको हो । जिम्नास्टिङ गर्ने क्रममा उनको...

१ करोड ८१ लाख बराबरको अवैध सुनसहित एक पक्राउ

२०७१ कार्तिक ४ गते ७:०५

वीरगञ्ज, ४ कात्तिक – वीरगञ्जमा चार केजी सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बसपार्क क्षेत्रबाट ४ केजी अवैध सुन सहित वीरगन्ज नगवाका मृत्युन्जय सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले पक्रेको हो । सो सुनको मूल्य मंगलबारको सुनको भाउ अनुसार...

पहिचान विराेधी भन्दै मध्यरातमा जनजातिले थर्काए महजोडीलाई

२०७१ कार्तिक ४ गते ६:५२

काठमाण्डु, ४ कात्तिक – हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अमेरिकामा आदिवासी जनजाति महासंघका प्रतिनिधिले अपमान गरेका छन् । महजात्रा देखाउदै हिडेका मह जोडीलाई न्यूयोर्कमा महासंघ प्रतिनिधिले आफूले भनेअनुसारको प्रहसन देखाउन कागजमा दस्तखत गर्न बाध्य बनाएको खुलासा भएको छ । सबै नेपाली समुदायले सम्मान...

त्रिभुवन विमानस्थल विश्वकै खराब नम्बर–३, बाथरुममा हात धुने साबुनसमेत छैन

२०७१ कार्तिक ४ गते ५:३९

काठमाण्डु, ४ कात्तिक– नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै खराब विमानस्थलको सूचीमा परेको छ । ‘स्लिपिङ इन एयरपोर्ट’ नामक वेबसाइटले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा नेपालको अन्तर्राष्ट्रिय विमानस्थल विश्वका खराब विमानस्थलको सूचीमा तेश्रो नम्बरमा छ । यस्तै एसियाको खराब विमानस्थलको दोश्रो नम्बरमा छ । नेपाल आएर...

कोरियामा नेपालीसहित गरिब देशका मजदुरमाथि यस्तो ज्यादती

२०७१ कार्तिक ४ गते ५:१३

काठमाण्डु, ४ कात्तिक– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियाको कृषि क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकमाथि व्यापक ज्यादती हुने गरेको एक अनुसन्धानले देखाएको छ । एम्नेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनले आप्रवासी श्रमिकमाथि ज्यादती हुने गरेको औंल्याएको हो । कोरियाको कृषि क्षेत्रमा नेपाल, भियतनाम र...

नेत्रविक्रमले भने, ‘मोहन वैद्य र बादल पनि यथास्थितिवादी’

२०७१ कार्तिक ४ गते ५:००

काठमाण्डु, ४ कात्तिक– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टी पनि यथास्थितिवादको शिकार बनेको बताएका छन् । स्थानीय पार्टी कमिटीले दिपावली र नेपाल संवत ११३५ को अवसर पारेर काठमाण्डुको गोलढुंगामा मंगलबार गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा चन्दले पार्टीभित्र परिवर्तनकारी र यथास्थितिवादी विचारबीच संघर्ष चलेको...

एकाबिहानै किन पुगे तीन दलका शीर्ष नेता गोकर्ण रिसोर्ट ?

२०७१ कार्तिक ४ गते ३:३६

काठमाण्डु, ४ कात्तिक– तिहारअघि नै संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयास स्वरुप प्रमुख तीन दलका शीर्ष नेता आवासीय बैठकमा जुटेका छन् । प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताबीचको बैठक अहिले जारी छ । सञ्चारकर्मीलाई गोप्य भनिए पनि बैठक राजधानीको गोकर्ण रिसोर्टमा...

तिहार सुरु, आज काग तिहार

२०७१ कार्तिक ४ गते २:४२

काठमाण्डु, ४ कात्तिक– हिन्दू नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वीतियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार हो । धार्मिक मान्यता अनुसार यमराजको सन्देशबाहकको रुपमा...

फेसबुकमा लेख्ने प्रहरीलाई कारबाही

२०७१ कार्तिक ४ गते २:३१

काठमाण्डु, ४ कात्तिक– नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना असन्तुष्टि पोख्ने प्रहरी कर्मचारीमाथि कारबाही गर्ने भएको छ । उच्च प्रहरी अधिकारीले नै आफ्ना असन्तुष्टि फेसबुकमार्फत सार्वजनिक गर्न थालेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले त्यस्ता कर्मचारीमाथि कारबाही हुने बताएका हुन् । उनले संगठनको मर्यादामा आँच आउने...

गल्ती गर्ने जनावरलाई पनि जेल !

२०७१ कार्तिक ४ गते २:२२

गोरखा, ४ कात्तिक– चारैतिर ढुंगे पर्खालको अग्लो घेरा । भित्र, बाहिर गर्न नमिल्ने गरी तालाबन्दी गरिएको एउटा ढोका । एउटा पर्खालभित्र ५० वटा चौंरी, याक र झोंपा । नजिकैको अर्को पर्खालभित्र करिब १० वटा घोडा । यो कसैले पालेको नभएर थुनामा परेका याक, चौरी,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us