कोरियामा नेपालीसहित गरिब देशका मजदुरमाथि यस्तो ज्यादती

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते ५:१३ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियाको कृषि क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकमाथि व्यापक ज्यादती हुने गरेको एक amnestyअनुसन्धानले देखाएको छ ।
एम्नेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनले आप्रवासी श्रमिकमाथि ज्यादती हुने गरेको औंल्याएको हो । कोरियाको कृषि क्षेत्रमा नेपाल, भियतनाम र कम्बोडियालगायत देशका श्रमिक कार्यरत छन् ।  सम्झौताभन्दा फरक काममा लगाउने, तोकिएको तलव सुविधा नदिने लगायतका ज्यादती गर्ने गरेको प्रतिवेदनमा छ । यस्तै
सम्झौतामा तोकेभन्दा बढी काममा लगाउने, ओभरटाइमको सुविधा नदिने, कानुनी उपचारका लागि न्यायालय जान रोक्ने वा गए पनि हतोत्साह गर्ने तथा खानपिन र बस्ने ठाउँको उचित व्यवस्थापन नगर्ने गरिएको प्रतिवेदनमा छ ।

विभिन्न देशका मजदुरसँग गरिएको अन्तरवार्ताबाट उक्त कुरा खुलेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  एम्नेष्टीले जबरजस्ती वा बाध्यकारी श्रमसँग सम्बन्धित अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि २९ र मानव बेचविखनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रोटोकल अनुमोदन गर्ने व्यवस्थालगायत कानुनी हकको उपचार गर्ने अधिकारको सम्मान गर्न कोरिया सरकारसँग माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us