फेसबुकमा लेख्ने प्रहरीलाई कारबाही

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते २:३१ मा प्रकाशित

facebookकाठमाण्डु, ४ कात्तिक– नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना असन्तुष्टि पोख्ने प्रहरी कर्मचारीमाथि कारबाही गर्ने भएको छ ।

उच्च प्रहरी अधिकारीले नै आफ्ना असन्तुष्टि फेसबुकमार्फत सार्वजनिक गर्न थालेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले त्यस्ता कर्मचारीमाथि कारबाही हुने बताएका हुन् ।

उनले संगठनको मर्यादामा आँच आउने गरी फेसबुकमा असन्तुष्टि खोप्नेमाथि विभागीय कारबाहीका लागि तल्ला निकायमा निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको उच्च प्रहरी अधिकारीहरुको बैठकमा अर्यालले त्यस्तो निर्देशन दिएको स्रोतले जनाएको छ । बैठकमा सहभागी एक अधिकारीका अनुसार अर्यालले प्रहरीमा गुनासो सुन्ने छुट्टै निकाय र प्रक्रिया रहेको भन्दै फेसबुक असन्तुष्टि पोख्ने थलो नभएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us