समाचार

गाई तिहारको अघिल्लो दिन गाई अनुसन्धानका हाकिम घूससहित पक्राउ

२०७१ कार्तिक ५ गते ८:३०

काठमाण्डु, ५ कात्तिक – गाई अनुसन्धान कार्यालयका प्रमुख सेवाग्राहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले बुधवार राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका लेखा अधिकृत श्रीराम श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेको हो । कृषि मन्त्रालयको नार्कअन्तर्गत गाई अनुसन्धान कार्यक्रमको खुमलटारस्थित...

डोल्पाका ८ गाविसका बालबालिकाले अझै खान पाएनन् भिटामिन ए

२०७१ कार्तिक ५ गते ७:५९

डोल्पा , ५ कात्तिक – नेपाल सरकारको पूर्वनिर्धारित कार्यक्रम अनुसार देशका सबै जिल्लाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइसक्दा डोल्पाका बालबालिकाले अझै खान पाएका छैनन् । सरकारले यहि कात्तिक एक र दुईगते राष्ट्रव्यापी भिटामिन ‘ए’ वितरण कार्यक्रम राखेको थियो । तर डोल्पाका ८ गाविसका बालबालिकाले भिटामिन...

तीन दलकाे बैठक ‘ बैठक हात्ती आयो हात्ती आयो फुस्सा’

२०७१ कार्तिक ५ गते ७:२०

काठमाण्डु, ५ कात्तिक– तिहारअघि नै संविधानका विवादमा सहमति जुटाउने भन्दै एकान्त स्थानको खोजीमा गोकर्ण रिसोर्ट पुगेका प्रमुख तीन दलका शीर्ष नेताहरुकाे बैठक आज पनि  निश्कर्षविहिन भएकाे छ ।  कात्तिक ९ गते पुनः बैठक बस्ने भन्दै रिसाेर्टबाट बाहिरिएका छन् ।  उनीहरु बिहानै चिया पिउन बुधबार बिहानै...

पर्यटन बोर्ड प्रमुख सुवास निरौलालाई निलम्बन गर्न लेखा समितिको निर्देशन

२०७१ कार्तिक ५ गते ७:१९

काठमाण्डु, ५ कात्तिक – सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्बन गर्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले करोडौंको अनियमितामा प्रत्यक्ष संलग्न देखिएको ठहर गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत निरौलालाई निलम्बन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो...

सरकारी उर्दी अवज्ञा गर्दै क्रान्तिकारीले रातभर देउसी खेल्ने

२०७१ कार्तिक ५ गते ६:५४

काठमाण्डु, ५ कात्तिक– एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीले तिहारका बेला देउसी–भैलो खेल्न सरकारले तोकेको समयसीमा तोड्ने भएको छ । क्रान्तिकारीले सरकारी बन्देज तोड्दै काठमाण्डु उपत्यकासहित देशभर रातभरि देउसी–भैलो खेल्न लागेको अध्यक्ष हिमाल शर्माले काठमाण्डु टुडेलाई बताए । उनले देउसी–भैलो संस्कृतिको मौलिकता समाप्त पार्ने गरी...

शीर्ष नेताको गोकर्ण बैठकप्रति दोश्रो पुस्ताका नेताको कटाक्ष: ‘६ सय १ ले गर्ने काम नौ जनाले गरेर हुन्छ ?’

२०७१ कार्तिक ५ गते ६:१८

काठमाण्डु, ५ कात्तिक– शीर्ष नेता तिहारअघि नै संविधानका विवादित विषयमा सहमति जुटाउने भन्दै गोकर्ण रिसोर्टमा आवासीय बैठक बसिरहेका बेला सत्तारुढ काँग्रेस–एमालेका दोश्रो पुस्ताका नेता भने आक्रोशित बनेका छन् । संविधानसभाको क्षेत्राधिकारमा हस्तक्षेप हुने गरी प्रमुख नेता मात्र बसेर संविधानका अन्तरवस्तुमा सहमति जुटाउन खोजेको भन्दै...

चीनले नेपालसमक्ष राख्यो बिप्पा र सुपुर्दगी सन्धिको प्रस्ताव

२०७१ कार्तिक ५ गते ५:४९

काठमाण्डु, ५ कात्तिक– उत्तर छिमेकी चीनले नेपालसँग बिप्पा सम्झौता र सुपुर्दगी सन्धि गर्न चाहेको छ । चीन भ्रमणमा गएका उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमसँग चिनिया पक्षले औपचारिक रुपमा ती दुई प्रस्ताव राखेको हो । साताव्यापी चीन भ्रमणबाट बुधबार स्वदेश फर्किएका मन्त्री गौतमले अन्तर्राष्ट्रिय विमानस्थलमा...

बस, ट्रक र ट्याङकर ठोक्किँदा चारको मृत्यु

२०७१ कार्तिक ५ गते ४:५३

बारा, ५ कात्तिक– बारामा आज बिहान भएको सडक दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । वीरगञ्जबाट हेटौंडा आउँदै गरेको ना ४ ख १५४४ नम्बरको बस, ना ३ ख ६२८५ नम्बरको ट्रक र ना २ ख ८७११...

आज कुकुर तिहार

२०७१ कार्तिक ५ गते १:४८

काठमाण्डु, ५ कात्तिक- नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका...

पतिद्धारा जलाइएकी हेमकुमारीको मृत्यु

२०७१ कार्तिक ५ गते १:३७

बाँके, ५ कात्तिक– श्रीमानबाट जलाइएकी बाँके खासकारकाँदो २ भुजईगाउँकी २५ वर्षीया हेमकुमारी धोबीको उपचारका क्रममा मृत्यु भएको छ । हेमकुमारीको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो ।  महिला तथा बालबालिका कार्यालय बाँकेकी सुपरभाइजर बिन्दु कुँवरका अनुसार मंगलबार हेमकुमारीको मृत्यु भएको हो।...

निलो पासपोर्ट मानव तस्करीमा प्रयोग, मन्त्रीका पिए तस्करी आरोपमा पक्राउ

२०७१ कार्तिक ५ गते १:२८

काठमाण्डु, ५ कात्तिक– सरकारी अधिकृतले प्रयोग गर्ने नीलो पासपोर्ट दुरुपयोग आरोपमा सहसचिवसहितका कर्मचारी छानबिनमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास मन्त्रालयका सहसचिव सुनीलकुमार कर्णलगायतका अधिकारीमाथि छानबिन थालेको हो । कर्मचारीमाथि मानव तस्करीमा सहयोग गरेको आरोपमा अख्तियारले छानबिन थालेको हो । गैरसरकारी...

एसियाडमा कोरिया गएका खेलाडीले फोहोर गर्दा नेपाललाई जरिवाना

२०७१ कार्तिक ५ गते १:१९

काठमाण्डु, ५ कात्तिकखेलाडी र पदाधिकारीले फोहोर गर्दा १७ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) को आयोजनलाई नेपालले जरिवाना तिर्नुपरेको छ । आफू बसेको भिलेजको कोठामा भित्ता बिगारेको ,फोहोर पोतेको र ढोकासमेत भाँचेको भन्दै आयोजकले क्षतिपूर्ति तिराएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले मंगलबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us