काठमाण्डु, ७ कात्तिक– राष्ट्रिय बहिरा महासङ्घको अध्यक्षमा रामकुशल पन्त निर्वाचित भएका छन् । महासंघको बागलुङमा सम्पन्न सातौँ महाधिवेशन तथा अठारौँ वार्षिक साधारणसभाले पन्तको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद अधिकारी, उपाध्यक्षमा गङ्गाराम यादव, महासचिवमा केपी अधिकारी, सचिवमा ...
काठमाण्डु, ७ कात्तिक– सरकारको उर्दी बेवास्ता गर्दै सर्वसाधारणले रातभर देउसी भैलो खेलेका छन् । सरकारले राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्ने समयसीमा तोके पनि काठमाण्डु उपत्यकासहित देशभर सर्वसाधारणले रातभर देउसी भैलो खेलेका छन् । शान्ति सुरक्षामा खलल पुग्ने भन्दै गृह मन्त्रालयले पहिला साँझ...
काठमाण्डु, ७ कात्तिक– राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताले नेपाल संवत् ११३५ को अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति रामवरण यादवले नेपाल संवत् ११३५ को अवसरमा सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीको सुख, शान्ति र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । यस...
काठमाण्डु, ७ कात्तिक– नेपाल सम्वत् ११३५ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस सम्वत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएको थियो । नेपाल...
काठमाण्डु, ७ कात्तिक– यमपञ्चकको चौथो दिन आज गोवर्धन पूजा गरी मनाइादैछ । आजका दिन घर आागनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवद्र्धन पर्वतको आकृति बनाई पूजा गर्ने गरिन्छ । किसानहरुले आज वर्षभरि जमिन जोत्न र गाडा तान्न सहयोग गर्ने गोरुलाई विभिन्न परिकार बनाई...
काठमाण्डु, ६ कात्तिक- भ्रष्टाचार आरोपमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले कारबाहीका लागि निर्देशन दिएका नेपाल पर्यटन बोर्डका कामु कार्यकारी निर्देशक सुवास निरौलाले समितिले आफ्नो क्षेत्राधिकार नाघेको दावी गरेका छन । बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले आफूले संसदीय समितिको सम्मान गर्ने भए पनि...
काठमाण्डु, ६ कात्तिक- उपराष्ट्रपति परमानन्द झाले प्रमुख दलका शिर्ष नेताहरु जिम्मेवार हुन नसकेकोले संविधानका विवादित विषयहरुमा सहमति हुन नसकेको आरोप लगाएका छन । रिपोर्टर्स क्लबको देउसी भैलो कार्यक्रमपछिको साक्षात्कारमा उनले दलहरुले सहमतिको नाममा समय फालेको बताउँदै सहमति कुरा गर्नेले सहमति कार्यान्वयन नगर्दा समस्या उत्पन्न...
काठमाण्डु,६ कात्तिक- एमाले नेता माधवकुमार नेपालले संविधानका विवादित विषयमा आगामी मंसिरसम्म सहमति प्रयास गरिने बताएका छन् । रिपोर्टर्स क्लबले गरेको देउसी भैलो कार्यक्रमपछिको साक्षात्कारमा उनले मंसिर महिनासम्म सहमतिका लागि अधिकतम प्रयास गर्ने र त्यसपछि प्रक्रियामा गएर संविधान बनाइने बताए । नेपालले नेपाली काँग्रेस र...
पाँचथर, ६ कात्तिक– पाँचथरमा एक व्यक्तिले बिहीबार बिहान श्रीमतीको कुटेर हत्या गरेका छन् । जिल्लाको पञ्चमी–१ गोपेटारका ५९ वर्षीय मदनबहादुर राईले ५९ वर्षीया श्रीमती चन्द्रमायालाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । आपसी विवादका कारण राईले श्रीमती हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको...
काठमाण्डु, ६ कात्तिक–प्रधानमन्त्री सुशील कोइरालाले तोकिएकै समयमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । दिपावलीका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले आपसी सहमति, सहकार्य, एकता र मेलमिलापका माध्यमबाट संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा हुने विश्वास व्यक्त गरेका छन्...
काठमाण्डु, ६ कात्तिक– आफूसँग सल्लाह नै नगरी तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको भन्दै गृहमन्त्री बामदेव गौतम कर्मचारीसँग आगो भएका छन् । बुधबार चीन भ्रमणबाट फर्किएलगत्तै गौतमले गृहसचिव सूर्यप्रसाद सिलवालको सातो खाएको स्रोतले काठमाण्डु टुडेलाई बतायो । स्रोतका अनुसार ‘बढी जान्ने भएर’ निर्णय गरेको...
काठमाण्डु, ६ कात्तिक– राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट तोकिएकै मितिमा संविधान जारी हुनेमा आफू आशावादी रहेको बताएका छन् । दिपावलीका अवसरमा बिहीकार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, अक्षुण्णता र स्वतन्त्रता ग्यारेण्टी हुने संविधान समयमै आउने बताएका हुन् । ‘संविधानसभाबाट तोकिएको समयमा संविधान...