तिहारका बेला श्रीमती हत्या गरेर श्रीमान बेपत्ता

काठमाण्डु टुडे २०७१ कार्तिक ६ गते ५:२१ मा प्रकाशित

पाँचथर, ६ कात्तिक– पाँचथरमा एक व्यक्तिले बिहीबार बिहान श्रीमतीको कुटेर हत्या गरेका छन् ।
जिल्लाको पञ्चमी–१ गोपेटारका ५९ वर्षीय मदनबहादुर राईले ५९ वर्षीया श्रीमती चन्द्रमायालाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । आपसी विवादका कारण राईले श्रीमती हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । अभियुक्त राई फरार रहेको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us