राष्ट्रिय बहिरा महासंघमा पन्त

काठमाण्डु टुडे २०७१ कार्तिक ७ गते १:३४ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– राष्ट्रिय बहिरा महासङ्घको अध्यक्षमा रामकुशल पन्त निर्वाचित भएका छन् ।
महासंघको बागलुङमा सम्पन्न सातौँ महाधिवेशन तथा अठारौँ वार्षिक साधारणसभाले पन्तको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद अधिकारी, उपाध्यक्षमा गङ्गाराम यादव, महासचिवमा केपी अधिकारी, सचिवमा    विष्णुकुमारी पौडेल र कोषाध्यक्षमा सत्यदेवी वाग्ले तथा सदस्यमा सन्तोष केसी, विकास घिमिरे, जमानसिंह गुरुङ, प्रतिमा ढकाल र शर्मिला मानन्धर चुनएिका छन् । महाधिवेशनमा महासंघ आबद्ध २५ जिल्ला बहिरा संघका ७० प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us