समयमै संविधान आउनेमा आशावादी छु: राष्ट्रपति

काठमाण्डु टुडे २०७१ कार्तिक ६ गते ४:२८ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक– राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट तोकिएकै मितिमा संविधान जारी हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

ram baran yadavदिपावलीका अवसरमा बिहीकार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, अक्षुण्णता र स्वतन्त्रता ग्यारेण्टी हुने संविधान समयमै आउने बताएका हुन् । ‘संविधानसभाबाट तोकिएको समयमा संविधान प्राप्त होस् ।

देशको सार्वभौमिकता, अक्षुणता र स्वतन्त्रता कायम रहोस् । राष्ट्र र राष्ट्रियताप्रति सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग प्रदान गरुन्, सन्देशमा छ ।

सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले अन्धकार हटाई उज्यालो ल्याउने विशेष चाडका रूपमा मनाइने तिहार पर्वले नेपालीको आर्थिक समृद्धि र आपसी भातृत्व तथा सामाजिक सद्भाव एवम् एकता कायम भई समाजमा शान्ति, स्थायित्व र प्रगति हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

तिहारकै अवसरमा उपराष्ट्रपति परमानन्द झाले पनि सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us