लेखासमितिले क्षेत्राधिकार नाघेको निरौलाको दाबी, पद नछाड्ने

काठमाण्डु टुडे २०७१ कार्तिक ६ गते ८:५४ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक- भ्रष्टाचार आरोपमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले कारबाहीका लागि निर्देशन दिएका नेपाल पर्यटन बोर्डका कामु कार्यकारी subas niraulaनिर्देशक सुवास निरौलाले समितिले आफ्नो क्षेत्राधिकार नाघेको दावी गरेका छन ।
बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले आफूले संसदीय समितिको सम्मान गर्ने भए पनि क्षेत्राधिकार नाघेर निर्देशन दिएकोले आफूले काम नछाड्ने स्पष्ट पारे ।
निरौलाले अदालतमा  विचाराधीन विषय भएकाले त्यसको विषयमा कुनै पनि निकायले कुनै निर्णय गर्न नसक्ने ठोकुवा गर्दै अदालतले गर्ने फैसला भने आफूलाई स्वीकार्य हुने बताए ।
संवैधानिक निकाय महालेखा परिषदले आर्थिक कारोबारको विषयमा हेरिरहेको अवस्थामा अर्को निर्देशन आउनु उचित नहुने भन्दै लेखासमिति पूर्वाग्रही भएको आरोप लगाए । उनले लेखा समितिका सदस्यहरुलाई आफ्ना झगडियाहरुले प्रभावमा पारेर निर्णय गर्न लगाएकाले त्यसलाई मानेर पद नछाड्ने निरौलाले स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us