मंसिरसम्म सहमति प्रयास हुन्छ, त्यसपछि प्रक्रियामा गइन्छः नेपाल

काठमाण्डु टुडे २०७१ कार्तिक ६ गते ८:३५ मा प्रकाशित

काठमाण्डु,६ कात्तिक- एमाले नेता माधवकुमार नेपालले संविधानका विवादित विषयमा आगामी मंसिरसम्म सहमति प्रयास गरिने बताएका छन् ।
Madhav-Kumar-nepalरिपोर्टर्स क्लबले गरेको देउसी भैलो कार्यक्रमपछिको साक्षात्कारमा उनले मंसिर महिनासम्म सहमतिका लागि अधिकतम प्रयास गर्ने र त्यसपछि प्रक्रियामा गएर संविधान बनाइने बताए ।
नेपालले नेपाली काँग्रेस र एमाओवादीले आट गर्ने हो भने माघ ८ भित्रै संविधान जारी गर्ने गरी सहमति बन्न सक्ने भन्दै आट गरेर अघि बढ्न आग्रह गरे । उनले भने–काँग्रेसले आट गर्ने हो र एमाओवादी जातीय सक्रमणबाट मुक्त हुने हो भने संविधान माघ ८ मै जारी हुन्छ ।
नेपालले संघीयता सामथ्र्य र पहिचानको आधारमा हुने  दाबी गर्दै जातीय आधारमा संघीयता हुनै नसक्ने ठोकुवा गरे ।
शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित वा संसदबाट निर्वाचित प्रधानमन्त्री हुने स्पष्ट पार्दै निर्वाचन प्रणालीमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित र राष्ट्रिय सभामा समानुपातिक प्रतिनिधि हुने बताए ।
नेपालले संविधानसभाको संख्यात्मक बातावरण हेर्ने हो भने जसरी पनि संविधान जारी हुने कसैले पनि बटम लाईन नबनाई, स्वार्थमुक्त भएर प्रयास गरे सहमतिको साथमा संविधान जारी हुने विश्वास ब्यक्त गर्दै सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी हुने ठोकुवा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us