समाचार

तिहारका बेला छिमेकीको घरमा आलो लगाउने पक्राउ

२०७१ कार्तिक ९ गते १०:३७

झापा, ९ कात्तिक- मादक पदार्थ सेवन गरी छिमेकीको घरमा आगो लगाउने एक व्यक्तिलाई दक्षिणी झापाको घेराबारीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घेराबारी–६ का २२ वर्षीय नानाहाङ सेलिङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  लिम्बूले सोही ठाउँ निवासी धनबहादुर नेपालीको...

जीप दुर्घटनामा नौ को मृत्यु, १२ घाइते

२०७१ कार्तिक ९ गते १०:३०

ओखलढुंगा, ९ कात्तिक- ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ मा आइतबार  जीप दुर्घटाना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १२ जना घाइते भएका छन् । ठूलाछाप गाविसको निशंखेबाट सदरमुकामतर्फ आउँदै गरेको बा ५ च ५८७५ नम्बरको जीप जीप पल्टिँदा सात जनाको घटनास्थलमै मृत्यु भएको...

प्रमुख तीन दल र प्रधानन्यायाधीशबीच छलफल

२०७१ कार्तिक ९ गते ६:४६

काठमाण्डु, ९ कात्तिक- प्रमुख तीन दलका शीर्ष नेताले प्रधानन्यायाधीश रामकुमार प्रसाद साहसँग आइतबार छलफल गरेका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईको पहलमा सिंहदरबारमा भएको छलफलमा काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता सहभागी थिए । त्यस क्रममा भावी संविधानमा उल्लेख...

मोटरसाइकल र ट्रक ठोक्किँदा दुईको मृत्यु

२०७१ कार्तिक ९ गते ६:३४

पाल्पा, ९ कात्तिक- सिद्दार्थ राजमार्गको दोभान, ४ झुम्सामा शनिबाराति मोटरसाइकल र ट्रक ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । वुटवल पाल्पा आउँदै लु १ क ७३० नम्बरको ट्रक र बुटवलतर्फ जाँदै गरेको लु १० प २०८४ नम्बरको मोटरसाइकल ठोक्किंदा दोभान, २ बेलदमारका...

राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा

२०७१ कार्तिक ९ गते ६:३०

अछाम, ९ कात्तिक- अछामको रामारोशन क्षेत्रमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा पुगेको छ । जिल्लाको अति विकट मानिने रामारोशन क्षेत्रको संरक्षण सम्वद्र्धनमा सम्बन्धित निकायको ध्यान नपुगेपछि जिल्लाको एकमात्र स्थानमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा रहेको हो । जिल्लाको पर्यटकीय क्षेत्र...

चट्याङ लागेर बालिकाको ज्यान गयो

२०७१ कार्तिक ९ गते ६:२४

सोलु, ९ कात्तिक-काँकुमा चट्याङ लागेर १३ वर्षीया बालिकाको ज्यान गएको छ । शनिबार  राति करिब ११ बजेतिर परेको चट्याङ लागेर काँकु–७ का १३ वर्षीया बालिका रमिला विश्वकर्माको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । चट्याङ लागेर बेहोस भएका अन्य छ जनाको...

छठ पूजाको तयारी तीव्र

२०७१ कार्तिक ९ गते ६:१८

रौतहट, ९ कात्तिक- रौतहटलगायत मध्यतराईका जिल्लामा छठ पूजाको तयारी तीव्र भएको छ । आगामी कात्तिक १२ गते परेको छठ पूजाका लागि मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका कामहरू तीव्र रुपमा भइरहेको छ । यसैक्रममा रौतहटको चन्द्रनिगाहपुर, गरुडा, गौर, सिम्राभवानीपुर, समनपुरलगायत ग्रामीण...

ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्ता मारमा

२०७१ कार्तिक ९ गते ६:१३

रौतहट, ९ कात्तिक- रौतहटका विभिन्न बजारमा एलपी ग्यासको अभाव भएको एक महिना बित्न लाग्दा पनि त्यसको सहज आपूर्ति हुन सकेको छैन । ग्यासको अभाव भएपछि चन्द्रनिगाहपुरलगायत विभिन्न क्षेत्रमा रहेका कतिपय ग्यास डिलरले कृत्रिम आभाव सिर्जना गरी कालोबजारी गर्दै आएको सर्वसाधारणले गुनासो गरेका छन् ।...

नेपाली मुलका क्षेत्री भए अमेरिकाको उत्कृष्ट वकिल

२०७१ कार्तिक ९ गते ६:०१

काठमाण्डु, ९ कात्तिक- अमेरिकाको सर्वोच्च अदालतमा लामो समयदेखि वकालत गर्दै आएका नेपाली मुलका खगेन्द्र क्षेत्री त्यहाँको सुपर लयर भएका छन् । एनआरएन अमेरिकाका अध्यक्ष समेत रहेका क्षेत्री सुपर लयर २०१४ मा छनौट भएका हुन् । अमेरिकामा रहेका वकिलहरुमध्येबाट सुपर लयर छानिएको हो । नेपालको...

सिंगापुरविरुद्ध ज्ञानेन्द्र मल्लको सतक

२०७१ कार्तिक ९ गते ५:३८

काठमाण्डु, ९ कात्तिक- मलेसियामा जारी आइसिसी लिग डिभीजन थ्री अन्तर्गत आइतबार सिंगापुरसँग भएको खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले सतक प्रशार गरेका छन् , खेलको दोस्रो बलमा ओपनर सुबास खकुरेल आउट भएपछि म्रदान उत्रिएका मल्लले ११६ बलमा १०० रन पूरा गरेका हुन् । उनल१२  चौका...

आगलागीबाट तीन लाखको क्षति

२०७१ कार्तिक ८ गते २:४३

रौतहट, ८ कात्तिक- रौतहटको चन्द्रपुर नगरपालिका–७ स्थित पौराईको कलटोलमा रहेको फेन्सी तथा कस्मेटिक पसलमा आगलागी भएको छ । गएराति भएको आगलागीमा करिब ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई आगलागी भएको बताइएको छ । आगलागीबाट फेन्सी तथा...

आगलागीबाट तीन लाखको क्षति

२०७१ कार्तिक ८ गते २:३८

रौतहट, ८ कात्तिक- रौतहटको चन्द्रपुर नगरपालिका–७ स्थित पौराईको कलटोलमा रहेको फेन्सी तथा कस्मेटिक पसलमा आगलागी भएको छ । गएराति भएको आगलागीमा करिब ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई आगलागी भएको बताइएको छ । आगलागीबाट फेन्सी तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us