मोटरसाइकल र ट्रक ठोक्किँदा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते ६:३४ मा प्रकाशित

पाल्पा, ९ कात्तिक- सिद्दार्थ राजमार्गको दोभान, ४ झुम्सामा शनिबाराति मोटरसाइकल र ट्रक ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

वुटवल पाल्पा आउँदै लु १ क ७३० नम्बरको ट्रक र बुटवलतर्फ जाँदै गरेको लु १० प २०८४ नम्बरको मोटरसाइकल ठोक्किंदा दोभान, २ बेलदमारका का २१ वर्षीय खेम गुरुङ् र दोभान, ४ पानी मिलका १८ वर्षीय पदम श्रेष्ठको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते उनीहरुको उपचारका लागि लुम्विनी अञ्चल अस्पतालमा लगिएकोमा चिकित्सले मृत घोषणा गरेका थिए ।
उता तानसेन, नगरपालिका, १३ बतासेमा लु १ ज १०७३ नम्बरको भ्यान ९जीप० ले ठक्कर दिंदा दुई जना घाइते भएका छन् । तानसेन, १३ की २१ वर्षकी सुनिता गन्धर्व र ६० वर्षकी चन्द्रकुमारी रञ्जन घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us