छठ पूजाको तयारी तीव्र

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते ६:१८ मा प्रकाशित

रौतहट, ९ कात्तिक- रौतहटलगायत मध्यतराईका जिल्लामा छठ पूजाको तयारी तीव्र भएको छ ।

आगामी कात्तिक १२ गते परेको छठ पूजाका लागि मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका कामहरू तीव्र रुपमा भइरहेको छ ।

यसैक्रममा रौतहटको चन्द्रनिगाहपुर, गरुडा, गौर, सिम्राभवानीपुर, समनपुरलगायत ग्रामीण क्षेत्रमा रहेका नदी, पोखरी तथा तलाउका छठघाटको सरसफाइ र सजावटको काम भइरहेको छ ।

चन्द्रपुर नगरपालिकाको चाँदी तथा मोथियाही घाट क्षेत्रको नदी तथा पोखरी परिसरमा अहिले पन्डाल लगाउने, सजावट गर्ने र सरसफाइको काम भइरहेको मोथियाही छठपूजा व्यवस्थापन समितिका अध्यक्ष जयमङ्गल यादवले बताए ।

छठपूजाका दिन  छठघाटमा आउने भक्तजन र दर्शनार्थीका लागि आवास तथा सुरक्षाको प्रबन्ध मिलाउन विशेष तयारी भइरहेको पनि  छठ पूजा समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us