आगलागीबाट तीन लाखको क्षति

काठमाण्डु टुडे २०७१ कार्तिक ८ गते २:३८ मा प्रकाशित

रौतहट, ८ कात्तिक- रौतहटको चन्द्रपुर नगरपालिका–७ स्थित पौराईको कलटोलमा रहेको फेन्सी तथा कस्मेटिक पसलमा आगलागी भएको छ ।
गएराति भएको आगलागीमा करिब ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई आगलागी भएको बताइएको छ ।
आगलागीबाट फेन्सी तथा कस्मेटिक सामान जलेर पूर्णरूपमा नष्ट भएको छ । आगलागी स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रणमा आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us