समाचार

पारस थाइल्याण्डमा पक्राउ परेयता कोमल बिरामी

२०७१ कार्तिक १० गते २:२०

काठमाण्डु, १० कात्तिक- पारस  थाइल्यान्डमा पक्राउ परेयता पूर्वरानी कोमल बिरामी परेकी छन् । दरबार हत्याकाण्डमा लागेको गोलीको छर्राले उनलाई दुःख दिन थालेको  छ । छर्रा निकाल्न कोमल एकपटक सिंगापुर र एकपटक बेलायतसम्म पुगेकी थिइन् । छर्रा निकाल्दा झनै हानी हुने सल्लाह चिकित्सकले दिएपछि उनले...

पारसलाई नेपाल ल्याउन ज्ञानेन्द्र अनिच्छुक, बैंककमै सुधार गृहमा राख्ने तयारी

२०७१ कार्तिक १० गते २:१२

काठमाण्डु, १० कात्तिक पूर्वराजा ज्ञानेन्द्रको परिवारले पूर्वयुवराज पारस शाहलाई नेपालमा नल्याई थाइल्यान्डकै राजधानी बैंककको सुधार गृहमा राख्ने गृहकार्य अघि बढाएको छ । अदालतमा १० लाख भाट धरौटी राखी केही दिनअघि मात्र प्रहरी हिरासतबाट मुक्त भएका पारसलाई उपचारका लागि बैंककमै पुनःस्थापना केन्द्रमा राख्ने निष्कर्षमा निर्मल...

पछि फर्कियो एमाले, फेरि चार प्रदेशको अडान

२०७१ कार्तिक १० गते २:०७

काठमाण्डु, १० कात्तिक- सात प्रदेशका पक्षमा आइसकेको एमाले फेरि उत्तर-दक्षिणका चार प्रदेशमा फर्केको छ । एमालेले प्रक्रियामा जानुपर्ने अवस्था आए आफ्नो दल चार प्रदेशकै अडानमा रहने औपचारिक प्रस्ताव गरेको हो । संविधानका विवादित अन्तरवस्तुमा सहमति जुटाउन आइतबार बसेको एमाले र एमाओवादीका शीर्ष नेताको बैठकमा...

सुक्यो काँग्रेसको आयस्रोत

२०७१ कार्तिक १० गते १:५५

काठमाण्डु, १० कात्तिक कांग्रेसले क्रियासिल सदस्यता वितरण र नवीकरण शुल्कलाई पार्टी सञ्चालनको मुख्य आयस्रोत मानेको छ । तर, क्रियासिल सदस्यको विषयमा विधान र नियमावली बाझिँदा मुख्या आयस्रोत नै सुकेको  छ । कांग्रेस विधानमा प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नु पर्ने र शुल्क सय रुपैयाँ लाग्ने...

तिहारका बेला भएको सवारी दुर्घटनाका दोषी सबैलाई कारबाही हुने

२०७१ कार्तिक १० गते १:४९

काठमाण्डु, १० कात्तिक- प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नुवाकोट, गोरखा र ओखलढुंगामा गम्भीर लापरबाहीका कारण गाडी दुर्घटना भएको देखिएको उल्लेख गर्दै उक्त बाटामा पर्ने सुरक्षा निकायका प्रमुखसहित सम्बन्धित जिम्मेवार पदाधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाई कारबाही गर्ने निर्णय गरेको छ । मुख्यसचिव लीलामणि पौडेलको कार्यकक्षमा प्रधानमन्त्री कार्यालयका...

चिनियाँ युवती तीन सातादेखि नेपालमा बेपत्ता

२०७१ कार्तिक १० गते १:४०

काठमाण्डु, १० कात्तिक- तिब्बत हुँदै नेपाल घुम्न आएकी २७ वर्षीया चिनियाँ युवती गुओ सियाओफाङ एक सातादेखि बेपत्ता भएकी छन् । तिब्बतबाट १८ अक्टोबरमा एक्लै काठमाण्डु प्रवेश गरेदेखि उनीसँग सम्पर्क टुटेको भन्दै परिवारका सदस्यले चिन्ता व्यक्त गरेका छन् । गुओ मध्य चीनको हुवेइ प्रान्तको राजधानी...

‘अन्डर पर्फमर’ ज्ञानेन्द्रको जवाफ

२०७१ कार्तिक १० गते १:३५

 काठमाण्डु, १० कात्तिक यसपालि पनि विश्व क्रिकेट लिग डिभिजन तीन खेल्न मलेसिया जानुअघि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्दा ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले कोल्टस क्रिकेट क्लबसँगको दोस्रो अभ्यास खेलमा अभिजित ५६ र रागामा क्रिकेट क्लबसँग तेस्रो खेलमा १ सय ६७ रन बनाए ।...

प्रहरी हिरासतमा मृत्यु भएकाका छोरालाई प्रहरीमा जागिर

२०७१ कार्तिक ९ गते ११:४९

मोरङ, ९ कात्तिक- मोरङको सिजुवास्थित ईलाका प्रहरी कार्यालयको हिरासतभित्रै एकजनाको मृत्यु भएपछि शनिबार दिनभर तनावग्रस्त सो क्षेत्र आइतबार सामान्य बनेको छ । पीडित पक्ष र प्रहरीबीच सहमति भएपछि जनजीवन सामान्य बनेको हो । पीडित पक्ष र स्थानीय प्रशासनबीच इलाका प्रहरी कार्यालयमा भएको वार्तामा मृतक...

कुखुरी प्रहार गरी छोराले गरे आमाको हत्या

२०७१ कार्तिक ९ गते ११:३२

काठमाण्डु, ९ कात्तिक-आफ्नै आमालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा काठमाण्डुमा एकजना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका–१३ बाफलका ३५ वर्षीय श्यामकृष्ण श्रेष्ठ आमाको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । उनले भाइटीकाको दिन शनिबार राति ६५ वर्षीया आमा लक्की श्रेष्ठलाई खुकुरी प्रहार गरी...

जुवाडेको कुटाईबाट प्रहरी घाइते

२०७१ कार्तिक ९ गते ११:२४

रुपन्देही, ९ कात्तिक- रुपन्देहीमा जुवाडेको आक्रमणबाट एक प्रहरी जवान घाइते भएका छन् । तिलोत्तमा नगरपालिका कुञ्जलापुरमा शनिबार राति कौडा खेलिरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीमाथि जुवाडे जाइलागेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरीक्षक दिलीप घिमिरेले जुवाडे आक्रमणबाट प्रहरी जवान...

ठुलो बाबुको मलामी गएका युवाको महाकालीमा डुबेर बेपत्ता

२०७१ कार्तिक ९ गते ११:०५

महेन्द्रनगर, ९ कात्तिक मलामी गएका कञ्चनपुरका एक युवा आइतवार महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् । महाकालीमा डुबेर भीमदत्तनगरपालिका–१८ निम्बुखेडाका २५ वर्षीय दिनेश भट्ट बेपत्ता भएका हुन् । दिनेश जेठो वुवा रुद्र भट्टको मलामी गएका थिए । दाहसंस्कार गरी घर फर्किन लाग्दा उनी नदीमा...

श्रीमान विदेश गएका महिलालाई सामूहिक बलात्कार गर्ने तीन पक्राउ

२०७१ कार्तिक ९ गते १०:५०

बर्दिया,  ९ कात्तिक- तिहारका बेला एक विवाहति महिलामाथि बलात्कार गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् । जिल्लाको सानोश्री ५ की २५ वर्षीया ती महिलालाई आरोपीहरुले बुधबार राति टेलिफोन गरी बोलाएर जंगलमा जबलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा सोही ठाउँका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us