पारस थाइल्याण्डमा पक्राउ परेयता कोमल बिरामी

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते २:२० मा प्रकाशित

komalकाठमाण्डु, १० कात्तिक- पारस  थाइल्यान्डमा पक्राउ परेयता पूर्वरानी कोमल बिरामी परेकी छन् । दरबार हत्याकाण्डमा लागेको गोलीको छर्राले उनलाई दुःख दिन थालेको  छ ।
छर्रा निकाल्न कोमल एकपटक सिंगापुर र एकपटक बेलायतसम्म पुगेकी थिइन् । छर्रा निकाल्दा झनै हानी हुने सल्लाह चिकित्सकले दिएपछि उनले छर्रा निकालेकी थिइनन् । तर, अहिले ती छर्राहरु पहिलेको ठाउँबाट केही पर सरेका छन् ।
मुटुको नजिकसम्म छर्रा पुग्न लागेको डाक्टरहरु बताउँछन् । त्यसबाट कोमलको छातीमा असजिलो महसुस भएको छ । छाउनी अस्पतालमा डा. किशोर राणाले उनको स्वास्थ्य उपचार गरिरहेका छन् ।
चिकित्सकहरुले एकदुई महिनामै भारत गर्इ उपचार गर्नसमेत सुझाव दिएको स्रोतले बताएको छ । छातीमा छर्राहरुले दुःख दिएपछि गत वैशाखमा पूर्वराजा ज्ञानेन्द्र एक्लै धरानको कुम्भ मेला गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us