कुखुरी प्रहार गरी छोराले गरे आमाको हत्या

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक-आफ्नै आमालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा काठमाण्डुमा एकजना पक्राउ परेका छन् ।
काठमाण्डु महानगरपालिका–१३ बाफलका ३५ वर्षीय श्यामकृष्ण श्रेष्ठ आमाको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । उनले भाइटीकाको दिन शनिबार राति ६५ वर्षीया आमा लक्की श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

घटनापछि उनी आफैंले महानगरीय प्रहरी बृत्त कालिमाटीमा खबर गरेका थिए । प्रहरीले गम्भीर घाइते अवस्थामा फेला पारी उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । घटनाबारे  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us