जुवाडेको कुटाईबाट प्रहरी घाइते

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते ११:२४ मा प्रकाशित

रुपन्देही, ९ कात्तिक- रुपन्देहीमा जुवाडेको आक्रमणबाट एक प्रहरी जवान घाइते भएका छन् ।

तिलोत्तमा नगरपालिका कुञ्जलापुरमा शनिबार राति कौडा खेलिरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीमाथि जुवाडे जाइलागेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरीक्षक दिलीप घिमिरेले जुवाडे आक्रमणबाट प्रहरी जवान पदम घिमिरे घाइते  भएको बताए ।

घिमिरेको टाउकोमा ५  टाँका लगाइएको छ । घटनामा संलग्न ४ जनालाई पक्राउ गरी सार्वजनिक अपराधअन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us