ठुलो बाबुको मलामी गएका युवाको महाकालीमा डुबेर बेपत्ता

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते ११:०५ मा प्रकाशित

महेन्द्रनगर, ९ कात्तिक मलामी गएका कञ्चनपुरका एक युवा आइतवार महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् ।
महाकालीमा डुबेर भीमदत्तनगरपालिका–१८ निम्बुखेडाका २५ वर्षीय दिनेश भट्ट बेपत्ता भएका हुन् ।

दिनेश जेठो वुवा रुद्र भट्टको मलामी गएका थिए । दाहसंस्कार गरी घर फर्किन लाग्दा उनी नदीमा डुबेका हुन्। बेपत्ता भट्टको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
बेपत्ता भट्टको खोजीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us