समाचार

हिन्दू राज्यका पक्षमा राप्रपा नेपालको हस्ताक्षर अभियान जारी

२०७१ कार्तिक ८ गते २:३२

काठमाण्डु, ८ कात्तिक- राप्रपा नेपालले भावी हिन्दू राष्ट्र, सङ्घीयतालगायतका विषयमा जनमत सङ्ग्रहको माग गर्दै देशभर हस्ताक्षर अभियान सञ्चालन गरेको छ । अध्यक्ष कमल थापाले गाइतिहारको अवसरमा हिजो पशुपतिनाथ मन्दिर परिसरबाट हस्ताक्षर अभियान शुभारम्भ गरेका थिए । ८० प्रतिशत हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्मनिरपेक्ष कायम...

तिहारको अन्तिम दिन, आज भाइटीका

२०७१ कार्तिक ८ गते २:१४

काठमाण्डु, ८ कात्तिक- यमपञ्चकको अन्तिम दिन आज  सबै नेपालीका घर(घरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर हर्षोल्लासरूपमा भाइटीका मनाउँदैछन् । भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर ३५ मिनेटमा  रहेको भए पनि सूर्यास्तसम्म टीका लगाउन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भाइटीका अगाडि...

मन्त्रालयको लेटर प्याडमा नेपाल सम्वत अंकित हुने

२०७१ कार्तिक ७ गते १३:२७

काठमाण्डु, ७ कात्तिक- प्रधानमन्त्री सुशील कोइरालाले संविधानलाई लिएर आन्दोलन, हड्ताल र तोडफोडमा नउत्रन  सबैसँग आग्रह गरेका छन् । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३५ द्वारा नयाँ वर्षको उपलक्ष्यमा वसन्तपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सबैको भाषा, संस्कृति र धर्मलाई सुरक्षित राख्ने समावेशी र...

गोकर्ण बैठकले आइसब्रेक गरेको छः देउवा

२०७१ कार्तिक ७ गते १२:४५

काठमाण्डु, ७ कात्तिक- काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले गोकर्ण बैठकले प्रमुख दलहरुबीच आइसब्रेक भएको बताएका छन । रिपोर्टर्स क्लबले आयोजना गरेको दबाबमुलक देउसी भैलो कार्यक्रममा उनले सहमतिमै माघ ८ गते भित्र संविधान जारी हुने विश्वास व्यक्त गरे । देउवाले संविधानसभामा कसैको पनि दुई तिहाई...

काठमाण्डुमा जुवाडेविरुद्ध प्रहरीको बिग अप्रेशन, वसन्तपुर र काठमाण्डु मलमा छापा

२०७१ कार्तिक ७ गते १२:३५

काठमाण्डु, ७ कात्तिक- प्रहरीले काठमाण्डुको वसन्तपुरबाट जुवा खालमा छापा मारी एक दर्जन जुवाडे पक्राउ गरेको छ  । महानगरीय प्रहरी वृत्त जनसेवाका नायव उपरीक्षक तेज विष्ट नेतृत्वको टोलीले कौडा खेलिरहेका बेला वसन्तपुरस्थित ल्याकु क्याफेबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मारवाडी समुदायका नाम चलेका...

सहमति नभए दुई तिहाईबाट संविधानः गौतम

२०७१ कार्तिक ७ गते ९:०९

काठमाण्डु, ७ कात्तिक- उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले सहमति हुन नसके दुई तिहाई बहुमतबाट संविधान जारी गर्ने दृढता व्यक्त गरेका छन । देउसी भैलो खेल्न आफ्नै निवास पुगेका पत्रकारहरुसँग कुरा गर्दै गौतमले दलहरु सहमतिकै प्रयासमा रहेको स्पष्ट पार्दै सहमति हुन नसकेको अवस्थामा दुई तिहाईबाट...

आगामी नौ र दश गते निर्णायक वार्ता हुन्छः भट्टराई

२०७१ कार्तिक ७ गते ९:००

काठमाण्डु, ७ कात्तिक- संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भटट्राईले आगामी कात्तिक ९ र १० गते संविधानका विवादित विषयमा दलहरुबीच निर्णायक वार्ता हुने बताएका छन् । रिपोर्टर्स क्लबले सुरु गरेको देउसी भैलो कार्यक्रममा बोल्दै उनले संविधान निर्माणको महत्वपूर्ण कार्यमा सबै दल खटिरहेको...

गाई पूजा गर्दै कमल थापाले भने, हिन्दू राष्ट्रबिनाको संविधान मान्दैनौं: थापा

२०७१ कार्तिक ७ गते ८:४५

काठमाण्डु, ७ कात्तिक- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्रबिनाको संविधान आए अस्वीकार गर्ने बताएका छन् । पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार शुक्रबार बिहान काठमाण्डुको गौशालामा गाई पूजा गर्दै संविधानमा हिन्दू राष्ट्र उल्लेख गर्नुपर्ने बताए । संघीयता, शासकीय स्वरुप, धर्मनिरपेक्षता, र गणतन्त्रलगायत विषयमा जनमत संग्रह हुनुपर्ने...

आर्इसीसीमा नेपालको पहिलो जित, बर्मुडा ८ विकेटले पराजित

२०७१ कार्तिक ७ गते ८:२७

काठमाण्डु, ७ कात्तिक- मलेसियामा जारी आइसीसी विश्व लिग डिभिजन ३ मा नेपालले बर्मुडालाई ८ विकेटले हराएको छ। क्वालालाम्पुरस्थित सेलेङगर ट्रफ क्लब सेलेङ्गर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बर्मूडा निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभर खेल्दै १०० रनमा समेटिएको थियो । १०१ रनको विजयी...

तिहार मनाउन हिंडेकाहरु चढेको बस भीरबाट खस्यो, १४ को मृत्यु

२०७१ कार्तिक ७ गते ८:१५

विदुर, ७ कात्तिक- नुवाकोटको बेलकोटमा यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ  । मृत्यु हुनेमा एक विदेशी नागरिकसमेत रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सात जनाको घटनास्थलमै र सातजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । मृतकमध्ये नुवाकोट...

हिसिलाको सहयोगमा बाबुरामले दिए नेवारीमा शुभकामना

२०७१ कार्तिक ७ गते १:५५

काठमाण्डु, ७ कात्तिक– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले नेपाल सम्वत ११३५ का अवसरमा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल भाषामा शुभकामना दिएका हुन् । भट्टराईले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘नेपाल सम्वत ११३५ याः लसतया भिन्तुना ।’ पत्नी हिसिला यमीको संगतका...

असुरक्षित रुपमा बच्चा जन्माउने घटेनन्

२०७१ कार्तिक ७ गते १:४३

पाल्पा, ७ कात्तिक– आमा सुरक्षित कार्यक्रम लागू भए पनि जिल्लाका केही गर्भवतीले असुरक्षित रुपमा बच्चा जन्माउने गरेको पाइएको छ । जिल्लामा कुल गर्भवतीमध्ये झन्डै १६ प्रतिशत असुरक्षित रुपमा गाउँघरमा नै सुत्केरी हुँदै आएका छन् । जिल्लामा सुरक्षित रुपमा बच्चा जन्माउने उद्देश्यले सञ्चालित आमा सुरक्षित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us