काठमाण्डु, ७ कात्तिक– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले नेपाल सम्वत ११३५ का अवसरमा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल भाषामा शुभकामना दिएका हुन् । भट्टराईले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘नेपाल सम्वत ११३५ याः लसतया भिन्तुना ।’ पत्नी हिसिला यमीको संगतका कारण भट्टराईले नेवारीका केही शब्द जानेका छन् ।
यमी काठमाण्डुकी नेवार समुदायकी हुन् ।