काठमाण्डुमा जुवाडेविरुद्ध प्रहरीको बिग अप्रेशन, वसन्तपुर र काठमाण्डु मलमा छापा

काठमाण्डु टुडे २०७१ कार्तिक ७ गते १२:३५ मा प्रकाशित

juwaकाठमाण्डु, ७ कात्तिक- प्रहरीले काठमाण्डुको वसन्तपुरबाट जुवा खालमा छापा मारी एक दर्जन जुवाडे पक्राउ गरेको छ  ।
महानगरीय प्रहरी वृत्त जनसेवाका नायव उपरीक्षक तेज विष्ट नेतृत्वको टोलीले कौडा खेलिरहेका बेला वसन्तपुरस्थित ल्याकु क्याफेबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मारवाडी समुदायका नाम चलेका व्यापारी रहेको बताइएको छ ।

जुवाखालबाट करिब ४० हजार नगद र क्यासिनोमा जुवा खेल्न प्रयोग हुने विभिन्न दरका ३ सय बढी चिप्स बरामद भएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।
जनसेवाकै टोलीले सुन्धारास्थित काठमाण्डु मलनजिकैबाट जुवाडेसहित ९१ हजार नगद बरामद गरेको छ । जुवा खेलिरहेको विशेष सुराकीका आधारमा महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख विज्ञानराज शर्माको ठाडो आदेशमा प्रहरीले छापा मारेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us