गोकर्ण बैठकले आइसब्रेक गरेको छः देउवा

काठमाण्डु टुडे २०७१ कार्तिक ७ गते १२:४५ मा प्रकाशित

sher_Bahadur_Deubaकाठमाण्डु, ७ कात्तिक- काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले गोकर्ण बैठकले प्रमुख दलहरुबीच आइसब्रेक भएको बताएका छन ।

रिपोर्टर्स क्लबले आयोजना गरेको दबाबमुलक देउसी भैलो कार्यक्रममा उनले सहमतिमै माघ ८ गते भित्र संविधान जारी हुने विश्वास व्यक्त गरे ।

देउवाले संविधानसभामा कसैको पनि दुई तिहाई बहुमत नभएकाले सहमतिको विकल्प नभएको बताए । उनले सबै सहमतिका लागि लचिलो हुनुपर्ने आवश्यकता औल्याए ।
संविधान निर्माणका लागि अझै पुससम्मको समय बाँकी रहेकाले दलहरुबीच सहमति हुने उनको विश्वास थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us