सहमति नभए दुई तिहाईबाट संविधानः गौतम

काठमाण्डु टुडे २०७१ कार्तिक ७ गते ९:०९ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक- उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले सहमति हुन नसके दुई तिहाई बहुमतबाट संविधान जारी गर्ने दृढता व्यक्त गरेका छन ।
bamdevदेउसी भैलो खेल्न आफ्नै निवास पुगेका पत्रकारहरुसँग कुरा गर्दै गौतमले दलहरु सहमतिकै प्रयासमा रहेको स्पष्ट पार्दै सहमति हुन नसकेको अवस्थामा दुई तिहाईबाट संविधान जारी गर्नुको विकल्प नभएको बताए ।
उनले भने–काग्रेस एमाले, राप्रपा, मालेसहितका दलहरु दुई तिहाई बहुमत भन्दा बढीको स्थितिमा छन ।
गौतमले दलहरुले जनतासँग माघ ८ गते संविधानजारी गर्ने प्रतिबद्धता ब्यक्त गरेकोले त्यसलाई जुनसुकै मुल्य चुकाएर भए पनि पुरा गर्नु पर्ने भन्दै एमाओवादीको सहमतिमा पनि नआउने र प्रक्रियामा पनि नजाने कस्तो ब्यवहार हो ? भनी प्रश्न गरे ।
एमाओवादीको स्वार्थको कारण राज्यपुर्नसंरचनाको विषयमा समस्या उत्पन्न भएको भन्दै सबै जातजाती मिलेर बसेको मुलुकमा एकलजातीय राज्य हुनै नसक्ने स्पष्ट पारे ।
उनले भने– एकल जातीय भनेको जातीय द्वन्द्व हो । यस विषयमा सम्झौता गर्न सक्दैनौ पुनः द्धन्द सृजना गर्न सहमति गर्न सकिदैन । साझा नाममा जान्छौ ।
गौतमले अन्तरिम संविधानको ब्यवस्था अनुसार प्रक्रियामा जाने स्पष्ट पार्दै केही दलहरु सहमतिमा अडचन पुर्याएर नेपाली जनतालाई अधिकार र विकासबाट बञ्चित गर्ने षडयन्त्रमा लागेको दावी समेत गरे ।
उनले संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिका संयोजक डा बाबुराम भटट्राई सहमति गर्न असफल भएको आरोप समेत उनले लगाए । पत्रकारहरुको देउसी भैलोमा गौतम र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला कुममा कुम जोडेर गितमा नाचेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us