काठमाण्डु, ७ कात्तिक- संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भटट्राईले आगामी कात्तिक ९ र १० गते संविधानका विवादित विषयमा
दलहरुबीच निर्णायक वार्ता हुने बताएका छन् ।
रिपोर्टर्स क्लबले सुरु गरेको देउसी भैलो कार्यक्रममा बोल्दै उनले संविधान निर्माणको महत्वपूर्ण कार्यमा सबै दल खटिरहेको र गोकर्णको आवासीय बैठकले सहजीकरण गरेको भन्दै दलहरुबीच विवादित विषयमा धेरै मतमतान्तर कम भएकाले बैठक सार्थक रहेको टिप्पणी गरे ।
उनले फरक विचारहरुबीच सहमति कायम गर्ने विषय कठिन भएको भन्दै निर्णायक वार्ताअघि सबै विवादित विषयमा सहमति जुटाउन आफूले भेटवार्तालाई तीव्रता दिएको बताए । भट्टराईले एमाले अध्यक्ष केपी ओलीसँग शुक्रबार उनकै निवासमा दुई घण्टा भेटवार्ता गरेको र शनिबारै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग र शनिबार प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गर्ने बताए ।
यसपटक देउसी भैलो नखेलेका भट्टराईले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले आफ्नो क्रमभंग गरेको भन्दै फन्फनी नाचेर माघ ८ गते अग्रगामी संविधान ल्याउने प्रतिबद्धता ब्यक्त गरे ।