श्रीमान विदेश गएका महिलालाई सामूहिक बलात्कार गर्ने तीन पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते १०:५० मा प्रकाशित

बर्दिया,  ९ कात्तिक- तिहारका बेला एक विवाहति महिलामाथि बलात्कार गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् ।

जिल्लाको सानोश्री ५ की २५ वर्षीया ती महिलालाई आरोपीहरुले बुधबार राति टेलिफोन गरी बोलाएर जंगलमा जबलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न रहेको आरोपमा सोही ठाउँका १९ वर्षीय सुनिल सुनार, १७ वर्षीय यमबहादुर परियार र १७  वर्षीय  बलराम कोइरालालाई पक्राउ गर्रिको प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार पक्राउ परेका तीनैजना विरुद्ध जर्वजस्ती करणीको मुद्दा दायर गरिएको छ ।

पीडित महिलालाई सशस्त्र प्रहरीले अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको थियो । प्रहरीका अनुसार पीडितका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us