चट्याङ लागेर बालिकाको ज्यान गयो

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते ६:२४ मा प्रकाशित

सोलु, ९ कात्तिक-काँकुमा चट्याङ लागेर १३ वर्षीया बालिकाको ज्यान गएको छ ।
शनिबार  राति करिब ११ बजेतिर परेको चट्याङ लागेर काँकु–७ का १३ वर्षीया बालिका रमिला विश्वकर्माको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

चट्याङ लागेर बेहोस भएका अन्य छ जनाको काँकु उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us