प्रमुख तीन दल र प्रधानन्यायाधीशबीच छलफल

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते ६:४६ मा प्रकाशित

ram kumar sharmaकाठमाण्डु, ९ कात्तिक- प्रमुख तीन दलका शीर्ष नेताले प्रधानन्यायाधीश रामकुमार प्रसाद साहसँग आइतबार छलफल गरेका छन् ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईको पहलमा सिंहदरबारमा भएको छलफलमा काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता सहभागी थिए ।

त्यस क्रममा भावी संविधानमा उल्लेख गर्ने न्याय प्रणालीका विषयमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानयायाधीश साहले अदातलाई संसदको मातहत राख्ने विषयप्रति आपत्ति जनाएका थिए ।

त्यस क्रममा प्रधानयायाधीशसहित न्यायाधीहहरुले संघीय संरचनामा अदालत कस्तो हुने भन्ने विषयमा सुझाव दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us