तीन दलकाे बैठक ‘ बैठक हात्ती आयो हात्ती आयो फुस्सा’

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते ७:२० मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– तिहारअघि नै संविधानका विवादमा सहमति जुटाउने भन्दै एकान्त स्थानको खोजीमा गोकर्ण रिसोर्ट पुगेका प्रमुख तीन दलका शीर्ष नेताहरुकाे बैठक आज पनि gokarna meeting निश्कर्षविहिन भएकाे छ ।  कात्तिक ९ गते पुनः बैठक बस्ने भन्दै रिसाेर्टबाट बाहिरिएका छन् ।  उनीहरु बिहानै चिया पिउन बुधबार बिहानै रिसोर्ट पुगेका थिए ।

संविधानसभाबाट संविधान जारी गर्ने समयसीमा साँघुरिंदै जाँदा दलहरुले विवादित विषयमा छलफल तीव्र पारेका हुन् । पद्यपि, संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारेको पूरानै अडान कसैले छाडेका छैनन् ।

काँग्रेस–एमाले बहुपहिचानमा आधारित ६ वा सात प्रदेशको अडानमा छन् । एकीकृत माओवादीले पहिचानमा आधारित १० प्रदेश हुनुपर्ने बताउँदै आएको छ । काँग्रेस संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिको पक्षमा छ ।

जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने अडानबाट पछि हटेको एमाले पछिल्लो समय काँग्रेसकै एजेण्डा नजिक पुगेको छ । एमाओवादी भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा सहमति नभए जनताले चुनेको कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति र प्रधानमन्त्रीबीच अधिकार बाँडफाँट गर्ने प्रेन्च मोडलसम्म झर्न तयार हुने बताइरहेको छ ।
निर्णायक भनिएको गोकर्ण बैठकमा पनि दलहरुले पूरानै अडान दोहोर्‍याएका कारण सहमति हुने सम्भावना न्यून छ । ‘बैठकका लागि बैठक मात्र हुने सम्भावना छ’, एक नेताले काठमाण्डु टुडेसँग भने, ‘कोही पनि पूर्वअडानबाट टसमस नभएको अवस्थामा बैठक हात्तीआयो हात्ती आयो फुस्सा हुने देखिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us