पतिद्धारा जलाइएकी हेमकुमारीको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते १:३७ मा प्रकाशित

बाँके, ५ कात्तिक– श्रीमानबाट जलाइएकी बाँके खासकारकाँदो २ भुजईगाउँकी २५ वर्षीया हेमकुमारी धोबीको उपचारका क्रममा मृत्यु भएको छ
। हेमकुमारीको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो ।  महिला तथा बालबालिका कार्यालय बाँकेकी सुपरभाइजर बिन्दु कुँवरका अनुसार मंगलबार हेमकुमारीको मृत्यु भएको हो। हेमकुमारीको शरीरको ९० प्रतिशत भाग जलेको थियो। बुधबार शव ल्याउने तयारी भइरहेको कुँवरले बताइन्। शव ल्याउने पैसा जुटाइरहेकी छु, उनले भनिन्, शव ल्याउन आवश्यक पर्ने खर्चका लागि अधिकारवादीसँग आग्रह गरिरहेकी छु।

गत असोज २६ गते हेमकुमारीलाई उनका श्रीमान् गयाप्रसादले जलाएका थिए। सोही दिन बाँके इन्द्रपुर ९ मानपुरकी १९ वर्षीया पूजादेवी नाउलाई आफ्नै घरभित्र श्रीमान्ले आगो लगाएर जलाएका थिए। प्रहरीले पूजादेवीका श्रीमान् पवन नाउ र हेमकुमारीका श्रीमान् गयाप्रसादलाई प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ। अस्पतालमा उपचाररत महिला र उनीहरूका ससुराले दिएको बयानसमेत फरकफरक छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us