एकाबिहानै किन पुगे तीन दलका शीर्ष नेता गोकर्ण रिसोर्ट ?

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते ३:३६ मा प्रकाशित

three party leaderकाठमाण्डु, ४ कात्तिक– तिहारअघि नै संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयास स्वरुप प्रमुख तीन दलका शीर्ष नेता आवासीय बैठकमा जुटेका छन् ।

प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताबीचको बैठक अहिले जारी छ । सञ्चारकर्मीलाई गोप्य भनिए पनि बैठक राजधानीको गोकर्ण रिसोर्टमा बसिरहेको एक नेताले काठमाण्डु टुडेलाई बताए । बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित तीन दलबाट तीन/तीन जना सहभागी छन् ।

दलहरुबीच राज्य पुनसंर्रचना र शासकीय स्वरुपका विषयमा विवाद छ । काँग्रेस  बहुपहिचानसहितको सात वा आठ प्रदेश तथा संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदले नै चुनेको आलंकारिक राष्ट्रपतिको पक्षमा छ ।

संघीयतामा काँग्रेससँग समान धारणा राख्दै आएको एमाले शासकीय स्वरुपमा पनि जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अडानबाट पछि हटेर काँग्रेसकै लाइनमा गएको छ ।

एमाओवादीले भने पहिचानमा आधारित १० प्रदेश तथा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने अडान छाडेको छैन । यद्यपि संघीयतामा काँग्रेस एमाले लचिलो भए राष्ट्रपति र प्रधानमन्त्रीबीच अधिकार बाँडफाँट हुने फ्रेन्च मोडेल वा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्दतिमा सम्झौता गर्न तयार रहेको उसको भनाइ छ ।
प्रमुख तीन दलबीच कुरा मिले मधेस केन्द्रित दल, जनजाति र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित संविधानसभा बाहिर रहेका दलहरुसँग वार्ता गरिने एमाले उपाध्यक्ष भीम रावलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us