गोल गरेको खुसीयाली मनाउँदा ढाड भाँचिएर खेलाडीको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते ७:४७ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक – विपक्षीलाई गोल फर्काएको खुसीयालीमा जिम्नास्टिङ गर्दा एक भारतीय फुटबल खेलाडी पीटर वियाक सैगजुआलाको मृत्यु भएको छ ।

mizoram-premier-leagueबेथलेहम बेंग्थलेंग एफसीको तर्फबाट चानमारी बेस्ट एफसी विरुद्ध बराबरी गोल फर्काएलगत्तै २३ बर्षीय खेलाडी पीटरको मृत्यु भएको हो ।

जिम्नास्टिङ गर्ने क्रममा उनको ढाडको हाड भाँचिएपछि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जुन खेलमा उनलाई चोट लागेको थियो त्यो मिजोरम प्रीमियर लीगको एक राज्यस्तरीय खेल थियो ।

मिजोरम प्रीमियर लीगको आधिकारीक फेसबुक पेजमा लेखिएको छ, ‘मिजोरमका फुटबल जगतको लागि यो दुःखद दिन हो । फुटबल खेलाडीको निधनले उनको टीमका सबै साथीहरु, खेलाडी तथा प्रशंसकहरुमा हलचल पैदा गरेको छ ।’

‘पीटर एक रक्षात्मक मिडफिल्डर थिए । हमेशा आक्रामक खेल खेल्ने उनी एक सच्चा खेलाडी थिए,’ मिजोरमको फेसबुक पेजमा लेखिएको छ ।

पीटरले २१ नम्बरको जर्सि लगाएर खेल्थे । अबदेखि २१ नम्बर जर्सी कसैले पनि नलगाउने गरी बेथलेहम वेङ्गथलेङ्ग क्लबले निर्णय गरेको छ ।
बेथलेहम एफसी उत्तरपूर्व भारतको एक क्लब हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us