पहिचान विराेधी भन्दै मध्यरातमा जनजातिले थर्काए महजोडीलाई

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते ६:५२ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक – हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अमेरिकामा आदिवासी जनजाति महासंघका प्रतिनिधिले अपमान गरेका छन् ।

maha jodiमहजात्रा देखाउदै हिडेका मह जोडीलाई न्यूयोर्कमा महासंघ प्रतिनिधिले आफूले भनेअनुसारको प्रहसन देखाउन कागजमा दस्तखत गर्न बाध्य बनाएको खुलासा भएको छ ।

सबै नेपाली समुदायले सम्मान गर्ने कलाकारद्वय श्रेष्ठ र आचार्यलाई जनजाति महासंघ अमेरिका शाखाका पदाधिकारीले ‘पहिचान विरोधी’ भन्दै झमेलामा पारेको स्रोतले जनाएको छ ।

महजात्रामा संघीयता बिरोधी र जातीय पहिचान विरोधी व्यंग्य कार्यक्रमहरु समावेश भएको भन्दै जनजाति नेताहरुले मध्यरातमा मह जोडीलाई भेटेर उनीहरुले भने बमोजिम प्रहसन देखाउन दबाब दिएको आयोजक समितिका एक सदस्यले बताए ।

गत शुक्रवार र आइतवार न्यूयोर्कमा भएको महजात्राको आयोजना रिजउड नेपाली समाजले गरेको थियो । ‘जनजातिका नाममा राजनीति गर्ने केही व्यक्तिले सिंगो नेपाली समाजले सम्मान गर्ने मह जोडीको अपमान गर्न खोजे,’ स्रोतले भन्यो ।

जनजाति महासंघ अमेरिका शाखाका प्रथम उपाध्यक्ष मणी वाङदेल राई र महासचिव मानवहादुर रानासँग मह जोडीले वार्ता गरेर मध्यरातमा उनीहरुले तयार पारेको कागजमा हरिवंश आचार्यले हस्ताक्षर गरेका थिए ।

जसमा संघीयता र पहिचानको विषयमा कुनै पनि व्यंग्य गर्न नपाईने शर्त उनीहरुले राखेको स्रोतले जनाएको छ ।

महजात्रामा प्रस्तुत प्रहसनहरुमध्ये नेवार बहादुर, बाहुन बहादुर र मडनको फोटो स्टुडियो नामका दुई कार्यक्रममा जनजाति नेताहरुले आपत्ति जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us