१ करोड ८१ लाख बराबरको अवैध सुनसहित एक पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते ७:०५ मा प्रकाशित

वीरगञ्ज, ४ कात्तिक – वीरगञ्जमा चार केजी सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

goldनयाँ बसपार्क क्षेत्रबाट ४ केजी अवैध सुन सहित वीरगन्ज नगवाका मृत्युन्जय सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले पक्रेको हो ।

सो सुनको मूल्य मंगलबारको सुनको भाउ अनुसार १ करोड ८१ लाख ६ हजार रुपैयाँ बराबर रहेको छ ।

काठमाण्डुबाट रात्रीबसमा सुन लिएर मंगलबार विहान वीरगञ्ज बसपार्कबाट सर्राफको शरीरमा लुकाएर राखेको अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ ।

सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक वीरबहादुर ओलीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us