समाचार

एक चीन नीतिलाई निरन्तरता दिन आग्रह

२०७१ कार्तिक ११ गते ७:१८

काठमाण्डु, ११ कात्तिक – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चीनको स्वशासित क्षेत्र तिब्बतका सरकार प्रमुख लियो साङ जियाङ सुनबीच भेट भएको छ । मङगलबार प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा दुई देशको हितमा काम गर्ने विषयमा छलफल भएको स्रोतले बताएको...

२० किलो चाँदीसहित एकजना पक्राउ

२०७१ कार्तिक ११ गते ६:४७

रौतहट, ११ कात्तिक – जिल्ला प्रहरी कार्यालय रौतहटले २० किलो चाँदीसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । सदरमुकाम गौरस्थित कबिरचौकबाट २० केजी चाँदीसहित गरुडाबैरिया–६ का १६ वर्षीय राजन झालाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामप्रकाश चौधरीले जानकारी दिए । काठमाण्डुबाट ल्याइएको चाँदी तस्करी मार्फत...

अमेरिकाविरुद्ध नेपालकाे जित, नेपाल शीर्षस्थानमा

२०७१ कार्तिक ११ गते ६:३१

काठमाण्डु, ११ कात्तिक – आइसिसी विश्व क्रिकेट डिभिजन ३ मा नेपालले  अमेरिकालाई १० रनले जितेकाे छ । वर्षाले  अवरुद्ध भएकाे खेलमा डिएल (डकवर्थ लुईस) मेथडका आधारमा नेपाल अमेरिका विरुद्धको खेलमा रनरेटको आधारमा विजयी भएको हाे । हिजो पाएको २०५ रनको लक्ष्यलाई पछ्याउने क्रममा भएको...

प्रचण्डलाई हरि रोकाको सुझाव, ‘ओली चिया खान नआएकामा गुनासो नगर, हैसियत आर्जन गर’

२०७१ कार्तिक ११ गते ६:११

एकीकृत माओवादीले शान्ति प्रक्रियामा आएपछि हरेक वर्ष मुख्य चाड पर्वको अवसर पारेर चियापान कार्यक्रम गर्दै आएको छ । यसपालि पनि माओवादीले चियापन गर्‍यो । तर अघिल्लोपटक भन्दा फरक तरिकाले, आफू नेतृत्वको २२ दलीय मोर्चाको ब्यानरमा । यसको अर्थ एमाओवादीले चियापानमार्फत आफ्नो मुद्धामा समान धारणा...

नवलपरासीमा बाँदर आतंक

२०७१ कार्तिक ११ गते ४:११

परासी, ११ कात्तिक– नवलपरासीको सरावल गाविसमा बाँदर आतंक मच्चिएपछि स्थानीय त्रसित बनेका छन् । सरावल–४ कोठलिया लगायतका स्थानमा बाँदरले आतङ्क मच्चाएपछि स्थानीयवासी त्रसित बनेका हुन् । बाँदरबाट सबैभन्दा बढी घरमा बस्ने बालबालिका र स्कुले विद्यार्थी त्रसित छन् । घरको छानासमेत भत्काएर हैरानी बनाएको बाँदर...

माटोको ढिस्कोले पुरिएर चौधरीको मृत्यु

२०७१ कार्तिक ११ गते ४:०५

पथरी, ११ कात्तिक– मोरङको सिसबनी बडहरा– २ मा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय ५० वर्षीय हरिनारायण चौधरीको मृत्यु भएको हो । ढिस्कोबाट जिवीतै उद्धार गरिएका चौधरीको बिपी कोइराला स्वास्थ्य...

काठमाण्डुका युवा गाँजासहित वीरगञ्जमा पक्राउ

२०७१ कार्तिक ११ गते ४:००

वीरगन्ज, ११ कात्तिक– पर्सा प्रहरीले  लागुऔषध इन्जेक्सनसहित काठमाण्डु साँखुका २२ वर्षीय रवि थापालाई पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका–१९ मा जाँचका क्रममा लागुऔषध डाइजेपाम ४०, नर्फिन ४० र फेनारागन ४० थापा पक्राउ परेको प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक चन्द्रप्रसाद सिलवालले जानकारी दिए ।...

ठूला दलविरुद्ध किन यसरी जाइलागे साना दलका नेता ?

२०७१ कार्तिक ११ गते ३:२४

काठमाण्डु, ११ कात्तिक– संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलका नेताले संविधान निर्माणमा प्रमुख दल गम्भीर नभएको आरोप लगाएका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सिंहदरबारमा जारी बैठकमा उनीहरुले ठूला दल संविधान बनाउन गम्भीर नरहेको आरोप लगाएका हुन् । बैठकमा मधेसी जनअधिकार फोरम नेपालका...

काँग्रेस कार्यालय बनाउन देउसीबाट २७ लाख

२०७१ कार्तिक ११ गते ३:१२

म्याग्दी, ११ कात्तिक– नेपाली काँग्रेस म्याग्दीले पार्टीको भवन निर्माण गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले तिहारमा आयोजना गरेको देउसीभैलोबाट २७ लाख ५० हजार सङ्कलन गरेको छ । काग तिहारको दिनदेखि सदरमुकाम बेनीबाट सुरु भएको देउसीभैलो पश्चिम म्याग्दीको दरवाङ, बाबियाचौर, सिङ्गातातोपानी, पर्वतबेनीलगायतका स्थानमा खेलिएको काँग्रेस म्याग्दीका...

हतियार बनाएर बेच्ने पक्राउ

२०७१ कार्तिक ११ गते २:४०

रौतहट, ११ कात्तिक– अवैध रूपमा हतियार बनाएर बिक्रीवितरण गर्दै आएका एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । लामो समयदेखि घरेलु बन्दुक नलकटुवा बनाएर बिक्री गर्दै आएका जिंगडवा, बेलबिछवा– १ का ५५ वर्षीय बिन्दा हजरा दुसाध रंगेहात पक्राउ परेका हुन्  । गोप्य सूचनाका आधारमा...

बौद्धिक अपाङ्गता स्रोत कक्षालाई अस्ट्रेलियाबाट सहयोग

२०७१ कार्तिक ११ गते २:३४

म्याग्दी, ११ कात्तिक– म्याग्दीको बेनी नगरपालिका– ११ बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षालाई अस्ट्रेलियाबाट १ लाख ५० हजार सहयोग प्राप्त भएको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुाचमा ल्याउने र सामाजिकीकरण गराउने उद्देश्यले बालजागृति प्राविले सञ्चालन गरेको स्रोत कक्षालाई अस्ट्रेलियामा रहेका नेपालीले आर्थिक...

सशस्त्रका हवल्दारले बाटैमा लडाएर महिला बलात्कार गरेपछि…….

२०७१ कार्तिक ११ गते २:२९

बागलुङ, ११ कात्तिक– सशस्त्र प्रहरी बलका हवल्दारले तिहार बिदामा घर आएका बेला एक महिलालार्इ बलात्कार गरेका छन् । बागलुङ देविस्थान–९ का ३१ वर्षीय दीर्घप्रसाद शेरचनले घाँस काटेर फर्केकी स्थानीय महिलालाई कात्तिक ७ गते बेलुकी बलात्कार गरेका हुन् । जबर्जस्ती लछारपछार पार्दै लडाएपछि बेहोस भएकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us