परासी, ११ कात्तिक– नवलपरासीको सरावल गाविसमा बाँदर आतंक मच्चिएपछि स्थानीय त्रसित बनेका छन् ।
सरावल–४ कोठलिया लगायतका स्थानमा बाँदरले आतङ्क मच्चाएपछि स्थानीयवासी त्रसित बनेका हुन् । बाँदरबाट सबैभन्दा बढी घरमा बस्ने बालबालिका र स्कुले विद्यार्थी त्रसित छन् ।
घरको छानासमेत भत्काएर हैरानी बनाएको बाँदर नियन्त्रण गर्न स्थानीय बासिन्दाले गाविससँग माग गरेका छन् । रासस