काँग्रेस कार्यालय बनाउन देउसीबाट २७ लाख

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते ३:१२ मा प्रकाशित

म्याग्दी, ११ कात्तिक– नेपाली काँग्रेस म्याग्दीले पार्टीको भवन निर्माण गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले तिहारमा आयोजना गरेको देउसीभैलोबाट २७ लाख ५० हजार NC-Flagसङ्कलन गरेको छ ।

काग तिहारको दिनदेखि सदरमुकाम बेनीबाट सुरु भएको देउसीभैलो पश्चिम म्याग्दीको दरवाङ, बाबियाचौर, सिङ्गातातोपानी, पर्वतबेनीलगायतका स्थानमा खेलिएको काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।
सदरमुकाम बेनीको सङ्गमचोकमा गत साल करिब ८० लाखको लागतमा घडेरी खरिद गरिएको र सोही ठाउँमा यो वर्ष भवन निर्माण गर्न आर्थिक स्रोत संकलन गर्न पार्टीले देउसीभैलो आयोजना गरेको रेग्मीले बताए ।
पार्टी कार्यालय निर्माणका लागि देश–विदेशमा रहेका विभिन्न व्यक्तिले आर्थिक सहयोग गरिरहेका र तिहारमा खेलिएको देउसीभैलोबाट थप सहयोग प्राप्त भएको काँग्रेस म्याग्दीका कोषाध्यक्ष टंक हमालले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us